काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाउने घोषणा गरेको छ।
प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको बिजुलीमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाको पिपिए खुलाउने निर्णय गरेको हो।
गत २४ माघमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत सहभागी प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए गर्ने निर्णय गरेको हो।
प्राधिकरणले पिपिए गर्ने आयोजनाको विद्युत् सुक्खायाममा (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम दर क्रमशः ८.४० र ४.८० प्रतियुनिटमा खरिद हुनेछ।
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘गिभ एन्ट टेक’ प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले पिपिए गर्ने आयोजनाको विद्युत् सुक्खायाममा (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम दर क्रमशः ८.४० र ४.८० प्रतियुनिटमा खरिद हुनेछ।
स्थानीय प्राकृतिक स्रोत प्रयोग र स्वदेशी साना लगानीकर्ताको लगानी जलविद्युत्मा प्रोत्साहित गर्न १० मेगावाटसम्मका आयोजनामा उत्पादन सम्मिश्रणका आधारमा तय गरिएको पिपिए सीमा लागू नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
उनले भने, ‘कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए हुन सकेको थिएन। अब १० मेगावाटसम्मका आयोजनालाई कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको पनि पिपिए गर्न सकिनेछ। ३५१ मेगावाट क्षमताका १० मेगावाटसम्मका ८९ आयोजनाले पिपिएका लागि प्राधिकरणमा निवेदन दिएका छन्।