काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक गरेको छ। सर्वेक्षणमा ८०० क्षेत्रका ९ हजार ६ सय घरधुरी समेटिएको छ।
नेपालको संविधान जारी भएपछिको यो जीवनस्तर सर्वेक्षण पहिलो हो भने यसले १२ वर्षको अन्तरालमा गरिबीको अवस्था अनुमान गरेको छ।
अध्ययनअनुसार प्रत्येक प्रदेशका सहरी तथा ग्रामीण र काठमाडौं उपत्यका गरी गरी १५ वटा विश्लेषणात्मक क्षेत्रअनुसार गरिबीका दर मापन गरेको छ।
सर्वेक्षणका अनुसार नेपालमा गरिबको दर २०.२७ प्रतिशत रहेको छ। तर, जीवनस्तर सर्वेक्षण (तेस्रो ६६÷६७) को गरिबी मापनविधिको आधारमा गरिबी दर मापन गर्दा हालको दर भने ३.५७ प्रतिशत हुने देखिन्छ।
जीवनस्तर सर्वेक्षणका क्रममा तथ्यांक कार्यालयले करिब ४३० वटा प्रश्नको जवाफ खोज्ने काम गरेको छ। सर्वेक्षणमा सहभागीले दिएको उत्तरका आधारमा चौथो सर्वेक्षण सोमबार सार्वजनिक गरिएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक गर्दै १२ वर्षअघिको तुलनामा ५ प्रतिशतले गरिबी घटेको देखिएको हो।
सरकारले वार्षिक ७३ हजार रुपैयाँभन्दा कम उपभोग गर्नेलाई गरिबीको रेखामुनि राखेको छ।खाद्य गरिबी मापन गर्ने क्रममा प्रतिव्यक्ति प्रतिदिन २२ सय ३६ किलो क्यालोरी प्राप्त गर्नेलाई गरिबीको रेखामाथि राखिएको छ। यसअघि यस्तो क्यालोरी २२ सय २० क्यालोरी थियो।
मानिसको खाद्यान्नमा लगानी ५३ प्रतिशत हुने गरेको पाइएको छ। यसअघिको सर्वेक्षणमा ६२ प्रतिशत लगानी गर्ने गरेको पाइएको थियो। यस हिसाबले जम्मा आम्दानीमा खाद्यन्न लगानी ९ प्रतिशतले घटेको पाइन्छ।
उपभोगको प्रवृत्तिमा निकै परिवर्तन आएको पाइएको छ। प्रतिव्यक्ति उपभोग खर्च खर्च १२ वर्षमा ६० प्रतिशतले बढेको छ। यसअघि सबैभन्दा न्यून वर्गले वार्षिक २६ हजार खर्च गर्ने गरेका थिए भने अहिले ४४ हजार बढी पुगेको छ।
यस्ता छन् सर्वेक्षणका मुख्य बुँदा