काठमाडौं। नेपाली इभी बजारमा २ वटा नयाँ ब्राण्ड थपिने पक्का भएको छ। चौधरी ग्रुप अन्तरर्गतको सिजी मोटर्सले जिएसीको विद्युतीय गाडी एयोन वाई र जि मोटर्स प्रालीले स्काईवेलको इटी–५ नेपाली बजारमा ल्याउन लागेको हो।
पहिलो चरणमा १ सय ५० वटा एयोन वाई र ४० वटा स्काईवेल नेपाल भित्रिन लागेको छ। यी दुवै ब्राण्डका गाडी रसुवा नाकामा आइसकेको छ। सिजी मोटर्सले केही थान एयोन वाई काठमाडौं ल्याइसकेको छ। सिजी मोटर्सले एयोन वाई भोली(सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ भने जि मोटर्सले भने फागुनमा मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ।
सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काईवेलको मूल्य१ करोड ९ लाख रुपैयाँ निर्धारण गरिएको स्काईवेलका लागि नेपालको आधिकारिक वितरक जि मोटर्स प्रालीका कार्यकारी निर्देशक पारस मणी गेलालले जानकारी दिए।
इटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक र १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ।
यो इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर इभी प्ल्याट फर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयुभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको कम्पनीको भनाइ छ। यसको टप स्पिड १ सय ६० प्रतिघन्टा बढी छ।
प्यानारोमिक सनरुफ रहेको गाडीको स्काइवेलको सोरुम भक्तपुरको राधेराधेमा तयार भइसकेको छ।
त्यस्तै सिजी मोटर्सले एयोन वाई को मूल्य ५० लाख भन्दा कम राख्ने तयारी गरेको छ। यसमा ५१.९ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसले ४ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।