काठमाडौं। नेपालका लागि बिवाइडी बिजुली गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘बिवाइडी चाइनिज न्यूु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेल प्रायोजन गर्ने भएको छ।
काठमाडौंस्थित चिनियाँ दूतावास, पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने खेल कार्यक्रम आगामी फेब्रुअरी १० मा दशरथ रंगशालामा आयोजना हुनेछ।
स्प्रिङ फेस्टिभल अर्थात् वसन्त पर्वसमेत भनिने चाइनिज न्यू इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्त्व राख्छ, जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुआततर्फको यात्रा दर्शाउछ।
संयुक्त राष्ट्रसंघले समेत हालै चिनियाँ नयाँ वर्षलाई पर्वको रुपमा मान्यता दिएकाले यसको विश्वव्यापी पहुँच र महत्त्वलाई जोड दिएको प्रमाणित हुने कम्पनीले बताएको छ। करिब २०० देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले आनन्द र नवीकरणको भावनामा विविध संस्कृतिलाई जोड्ने काम गर्ने कम्पनीको भनाइ छ।
बिवाइडी चाइनिज न्यू इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबीच प्रतिस्पर्धा हुनेछ। यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन–नेपाल मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति अनि समुदायबीचको सम्बन्धलाई अझै मजबुत बनाउने अपेक्षा कम्पनीको छ।
क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बिवाइडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, कार्यक्रम सह–आयोजकमा नेपाल ओभरसिज चाइनिज एसोसिएसन, अखिल नेपाल फुटबल संघ (एन्फा) र चाइनिज इन्टरप्राइजेज एसोसिएसन इन नेपाल (सिएन) रहेका छन्।