काठमाडौं। नेपालमा रिभर्स एजिङको अनुभव दिने उद्देश्यले स्थापित एक्स कस्मोपोलिटियनको औपचारिक सुरुआत भएको छ। नक्सालमा एक्स कस्मोपोलिटियनको आउटलेट सञ्चालनमा ल्याइएको हो।
दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले आउटलेट उद्घाटन गरे।
कार्यक्रममा अल अलीले नयाँ र अपरिहार्य सेवाको नेपालमा सुरुआत भएको भन्दै खुसी व्यक्त गरे। महिला उद्यमी महासंघ अध्यक्ष ज्ञवालीले एक्स कस्मोपोलिटियनले गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिन्।
प्राकृतिक रुपमा मानिसको आयु १०० वर्ष भए पनि घट्दै गइरहेको हालको अवस्थालाई लक्षित गरेर समुद्री सतह ३ हजार मिटरदेखि ६५ सय मिटरको उचाइमा पाईने विभिन्न हिमालयन जडीबुटी प्रयोग गरी १२० वर्षभन्दा लामो दीर्घ जीवन सम्भव छ भन्ने मान्यतालाई संसारभर चेतना फैलाउने उद्देश्य रहेको एक्स कस्मोपोलिटियनले जनाएको छ।
एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवा उपलब्ध हुनेछन्। वेलकेयरअन्तर्गत प्रविधि र प्रकृतिलाई संयुक्त रुपमा परिचालन गरी मानिसको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई पुनः जागरण दिने कार्य गरिन्छ।
शोभनियर बुटिकअन्तर्गत नेपालको समुद्री सतह ६ हजार ५०० मिटरसम्मको हिमाली उचाइमा पाइने विभिन्न हिमाली जडीबुटी, हिमाली चिया, भीरमहलगायत विभिन्न पहाडी इलाकामा पाइने जडिबुटीबाट उत्पादित सामग्री बिक्रीका लागि राखिनेछ।.
विशेषतः नेपालीलगायत यहाँ घुम्न आउने पर्यटकलाई लक्षित गरेर शोभनियर बुटिकको स्थापना गरिएको एक्स कस्मोपोलिटियनकी संस्थापक सरिता अधिकारीले बताइन्।
कम्पनीले उत्पादन गर्ने सामग्रीमा केमिकल प्रयोग नहुने, विभिन्न जडीबुटीका साथै नेपालमै उत्पादित पस्मिनालाई पनि अन्तर्राष्ट्रिय तथा रिटेल स्टोरमा बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ छ।