काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक लक्षित डबल डेटासहित इन्टरनेट सेवाको लाभ लिन ‘डबल मजा प्याक’ खरिद अफर सार्वजनिक गरेको छ। ग्राहकले मन पराएको डबल मजा अफर एनसेलले तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याएको हो ।
यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात् समयसीमा रहेको करसहित १५० मा ५ जिबी डेटा वा २०० मा ८ जीबी डेटा लिन सक्नेछन्। त्यसैगरी ८८८ मा २८ दिन समयावधि रहेको ८८ जिबी डेटा खरिद गर्न सक्छन्।
यो प्याकको विशेषता भनेको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनसस्वरुप प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। यदि कुनै ग्राहकले ८ जिबी प्याकको प्याक खरिद गरेको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरे १६ जिबी डेटा बोनसका रुपमा प्राप्त गर्नेछन्।
डबल मजा प्याक खरिद गर्न ग्राहकले एस्ट्रिक्स १७१२३ह्यास डायल गर्न सकिनेछ। हालै अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ।
थप परिस्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा दिइने भएकाले ग्राहकलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहिरहन ठूलो सहयोग पुग्ने विश्वास कम्पनीको छ।
७ दिन भ्यालिडिटी भएका १५० र २०० का डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिनेछ। त्यसैगरी ८८८ रुपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिने कम्पनीले जनाएको छ।
एनसेलले ७ दिने भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ। यो प्याकमा ग्राहकले ४ जिबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवा प्राप्त गर्नेछन्।