काठमाडौं। फेब्रुअरी १ बाट सञ्चालनमा आएको वर्णवास म्युजियम होटलको पहिलो पाहुना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फेसन डिजाइनर क्रिस्टिना विटोरिया एगर बनेकी छन्। विश्वप्रसिद्ध ब्रान्ड भर्साचेका डिजाइनर हेडसमेत रहेकी क्रिस्टिना मंगलबार काठमाडौं उत्रिएकी हुन्।
उनी फेब्रुअरी ९(२६) सम्म सोही होटलमा बस्नेछिन्। नेपालको प्रसिद्ध क्लोदिङ ब्रान्ड कासाले क्रिस्टिनालाई नेपाल ल्याएको हो।
कासाले बुधबार र बिहीबार फेसन डिजाइनसम्बन्धी विशेष कार्यशाला आयोजना गरेको छ। सोही कार्यशालामा मुख्य आकर्षणका रुपमा कासाले विश्वप्रसिद्ध फेसन डिजाइनर क्रिस्टिना विटोरिया एगरलाई आमन्त्रण गरेको हो।
इटालियन फेसन डिजाइनर क्रिस्टिनाले नेपाल आएसँगै वर्णवास म्युजियम होटलमा गरिएको स्वागत एवं सत्कारलाई आफ्नो इन्स्टाग्राममा पोस्ट्याउँदै न्यानो आतिथ्यका लागि धन्यवाद दिएकी छन्। होटलले पञ्चैबाजासहित उनलाई स्वागत गरेको थियो।
प्रतिनिधिसभा सदस्यसमेत रहेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले १ अर्ब बढी लगानीमा गैरीधारामा वर्णवास म्युजिम होटल सञ्चालनमा ल्याएका हुन्। नेपालकौ मौलिकता र सांस्कृतिक सम्पदाको झल्को दिने गरी होटलभित्रको इन्टेरियल डिजाइन तयार गरिएको छ।
करिब २ रोपनी क्षेत्रफलमा साढे ९ तले लक्जरी बुटिक होटलमा १८ प्राइभेट ज्याकुजी रहेको छ। होटलका कोठामध्ये सबैभन्दा ठूलो ६० वर्गमिटरको छ। यस्तो कोठा प्रत्येक तलामा एक÷एक वटा छन्। तर, अन्य कोठा भने ४० देखि ३४ वर्गमिटरका छन्।
इटालियन फेसन डिजाइनर क्रिस्टिनाले नेपाल आएसँगै वर्णवास म्युजियम होटलमा गरिएको स्वागत एवं सत्कारलाई आफ्नो इन्स्टाग्राममा पोस्ट्याउँदै न्यानो आतिथ्यका लागि धन्यवाद दिएकी छन्। होटलले पञ्चैबाजासहित उनलाई स्वागत गरेको थियो।
होटलभित्र नेपालका विभिन्न जातजातिको संस्कृति झल्किने खाले वेशभूषा र ग्यालरी राखिएको छ। साढे ९ तलाको होटललाई तीन तहमा विभाजन गरिएको छ। होटलभित्र हिमाल, पहाड र तराई गरी सिंगो नेपाललाई चित्रित गरिएको छ।
भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिइएको छ। वर्णवासमा प्रवेश गर्नेबित्तिकै काठमाडौं उपत्यका, त्यसमा पनि नेवारी समुदायको संस्कृति झल्कने आर्ट देख्न पाइन्छ।
‘लभी र प्रि–फंग्सनमा आर्ट ग्यालरी रहेको छ‘, सञ्चालक बजगाईंले भने, ‘होटलमा प्रवेश गरेसँगै काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्किने आर्ट देख्न सकिन्छ। होटलभित्र घुम्दा नेपालको सभ्यता झल्कियोस् भन्ने अवधारणा हो।’
रुफटपमा भने सगरमाथाको झल्को दिने खाले आकार बनाएका छन। सगरमाथा र लोत्सो हिमालको बीचबाट छुट्टिएर सगरमाथा आरोहणका लागि जाने ठाउँ साउथ कोलको नामबाट ‘साउथ कोल बार‘ सञ्चालन गरिएको छ। होटलमा ओभर लुकिङ स्विमिङ पुल बनाइएको छ, जसलाई ‘गोक्यो स्विमिङ पुल‘ नाम दिइएको छ।