काठमाडौं। प्रभु समूहका कम्पनीको सेयर भएकालाई कम्पनीले बनाउन लागेका विभिन्न केबलकार परियोजनामा लगानी गर्ने अवसर दिएको छ।
केबलकार बनाउने उद्देश्यले स्थापित ‘प्रभु केबलकार एन्ड टुरिज्म लिमिटेड’ले प्रभु समूहका सेयरधनीलाई एसएमएस सन्देश र फोनमार्फत केबलकार परियोजनामा लगानीका लागि आग्रह गरेको छ। तर, यो प्रभु (देवीप्रकाश भट्टचन) समूहको भने होइन।
प्रभु केबलकार एन्ड टुरिजमले तीन वटा छुट्टाछुट्टै केबलकार बनाउने योजना अघि सारेको छ। रामेछाप मूलकोट बजारबाट खाँडादेवी मन्दिरसम्मका लागि ४ किलोमिटर लामो केबलकार परियोजना बनाउन खाँडादेवी केबलकार प्रोजेक्ट बनाएको छ।
त्यस्तै, प्रभुको अग्रसरतामा सिद्धार्थ केबलकार प्रोजेक्ट अघि सारेको छ। यस योजनाअन्तर्गत केबलकार नेपाली सेनाका कर्णेल उजिर सिंहको कमान्डमा ब्रिटिस फौजलाई परास्त गरेको जितगढी किल्ला र राजा मणिमुकुन्द सेनको शीतकालीन दरबारको शिर हुँदै मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको पाल्पाको नुवाकोटसम्म पुग्नेछ। सोही कारण प्रभुले सिन्धुलीमा सिद्धबाबा केबलकार प्रोजेक्ट अघि गाभिने प्रक्रिया अघि बढेको जनाएको छ।
केबलकार बनाउने उद्देश्यले स्थापित ‘प्रभु केबलकार एन्ड टुरिज्म लिमिटेड’ले प्रभु समूहका सेयरधनीलाई एसएमएस सन्देश र फोनमार्फत केबलकार परियोजनामा लगानीका लागि आग्रह गरेको छ। तर, यो प्रभु (देवीप्रकाश भट्टचन) समूहको भने होइन।
प्रभुले आफ्ना समूहका सेयरधनीलाई न्यूतम एक हजार र अधिकतम ५० हजार कित्तासम्म सेयर खरिद गर्ने अवसर दिएको छ। कम्पनीबाट सेयरधनीलाई गरिएको सम्पर्कमा एसएमएस आएको एक महिनाभित्र सेयर लिइसक्नुपर्ने फोनमार्फत जानकारी गराउने गरेको छ।
त्यस आधारमा अबको सात/दस दिनसम्म केबलकारको सेयर खरिद गर्ने अवसर हुन सक्छ। कम्पनीका अधिकारीहरुले आधिकारिक रुपमा कुनै जानकारी नदिए पनि आफ्ना समूहका सेयरधनीलाई केबलकार परियोजनामा लगानी गर्ने अवसर दिएको बताउने गरेका छन्। तर, यसरी लगानी गर्दा प्रतिकित्ता १५ रुपैयाँ प्रिमियम बुझाउनुपर्नेछ।
अर्थात्, कोही सेयरधनीले १ हजार कित्ता सेयर किन्ने भए १ लाख १५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। प्रभु केबलकार एन्ड टुरिज्म लिमिटेडको वेबसाइटमा अनलाइनमार्फत पनि सेयर खरिद गर्न सकिने जानकारी छ।
वेबसाइटअनुसार प्रभु केबलकार एन्ड टुरिज्ममा मुख्य लगानीकर्ताको रुपमा प्रभु समूह र त्यसअन्तर्गतको कम्पनी रहेका छन्। ५० करोड रुपैयाँ अधिकृत पुँजी रहेको कम्पनीमा प्रभु होल्डिंग्स हाइड्रो डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिंग्स एन्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत् विकास कम्पनीको ९.८ प्रतिशत र प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडको ५१ प्रतिशत हिस्सा छ।
प्राथमिक निष्कासन (आइपिओ) पछि कम्तीमा ७० प्रतिशत हिस्सा प्रभु समूह र त्यसअन्तर्गतका कम्पनीको रहने जनाइएको छ। तर, भट्टचन समूहको प्रभुअन्तर्गत भने प्रभु बैंक, प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्स, प्रभु क्यापिटल, आशा लघुवित्त वित्तीय संस्था, एचयुबी रि–इन्स्योरेन्स ब्रोकर प्रालि, डिसहोम लिमिटेड, प्रभु अटो, नेपाल सिपिङ र प्रभु सिपिङ, प्रभु मनी ट्रान्सफर, जापान रेमिट फाइनान्स, प्रभु अनलाइन, प्रभु ट्राभल्स र प्रभु हेलिकोप्टरजस्ता कम्पनी सञ्चालित छन्।