काठमाडौं। बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को पक्राउमा परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन्।
बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका चौधरी प्रहरीले बोलाएका बेला उपस्थित हुने सर्तमा बुधबार रिहा भएका हुन्।
सिआइबीले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार आज चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको छ।
यसअघि माघ २२ मा सिआइबीले बाँसबारी जग्गा प्रकरणका विषयमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेपछि गत सोमबार म्याद थपका लागि जिल्ला अदालत पेस गरेको थियो। अदालतले अनुसन्धान सकेर २ दिनभित्र रिहा गर्न आदेश दिएको थियो।
म्याद थपका लागि उपस्थित गराउँदा अदालतले माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थप गरे पनि मंगलबारसम्मरिहा गर्न आदेश दिएको थियो। चौधरीसँगै अन्य दुई जनालाई पनि रिहा गर्न अदालतले आदेश दिएकाले आज उनीहरु छुटेका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्न कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ ९६० बमोजिम उक्त आदेश दिएको अदालतले जनाएको छ।
अदालतको आदेशमा ‘प्रतिवादीहरुको अनुसन्धानसमक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नुपर्ने, कागज गराउनुपर्ने भए त्यस सम्बन्धमा बुझी, कागज गराउन माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थपिएको छ। यी प्रतिवादीबाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भए सोअगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने र सो नभएम्याद थप भएको दुई दिनभित्र यी प्रतिवादीबाट अब बुझ्नुपर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भए दनिजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्न कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्नू भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९६० बमोजिम यो आदेश गरी दिएको छ’, उल्लेख गरिएको छ।