काठमाडौं। टेक एसेसरी ब्रान्ड किक लाइफस्टाइलले सबब्रान्ड नेक्साका तीन उत्पादन सार्वजनिक गरेको छ। १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा २०८० साउन २ मा स्थापित किक लाइफस्टाइल दराजमा ३,००० माथि मूल्यका इयरबड बिक्री गर्ने ब्राण्ड बन्न सफल भएको छ।
कम्पनीले एउटा स्मार्टवाच र दुई इयरबड गरी तीन उत्पादन सार्वजनिक गरेको हो। नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो, जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ। यसमा एस्पिओ २ मनिटरिङ, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस् मोडलगायत थुप्रै आवश्यक हेल्थ फिचर राखिएको कम्पनीले जनाएको छ।
जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुका साथै आइपी ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएकाले धुलो र पानी प्रतिरोधी रहेको कम्पनीले बताएको छ। नेक्सा नेबुला एमोलेड स्मार्टवाचको मूल्य दराजमा ३,१९९ रुपैयाँमा उपलब्ध छ।
त्यस्तै, नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबीको एक्टिभ नोइज क्यान्सलेसन भएकाले बिनाकुनै अवरोध मन पर्ने संगीतको आनन्द लिन सकिन्छ। यसको मूल्य २,१९९ रुपैयाँ राखिएको छ।
नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएकाले गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिनेछ। यसको मूल्य १,८९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ।
किकले गुणस्तरीय उत्पादनहरुको पोर्टफोलियोले विश्व मन्चमा नेपालको नाम राखेको र नेक्साको आगमनले यो यात्रालाई अझै उचाइ दिने विश्वास कम्पनीको छ। नेक्साका लाइन–अप दराजमा उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।