नेपाली सेयर बजारको इतिहास लामो भए पनि टे«डिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) आएपछि मात्रै यसप्रति मानिसको आकर्षण बढेको हो। कोरोना महामारीको बन्दाबन्दी समय टिएमएसमार्फत धेरै मानिसको नजरमा सेयर बजार पर्यो। अन्य काम बन्द भएको अवस्थामा पर्यटक (टुरिस्ट) किसिमका लगानीकर्ता सेयर बजार प्रवेश गरे। न्यून बिन्दुमा रहेको बजारमा नयाँ लगानीकर्ताको प्रवेशले व्यापकता पाएसँगै आज लगानी गर्दा भोलि फाइदा हुन्छ भन्ने किसिमको सन्देश बाहिर गयो।
यसले गर्दा ठूलो संख्यामा लगानीकर्ता सेयर बजारमा भित्रिए। टिएमएस आउनुभन्दा अगाडिसम्म आधारभूत विषय हेरेर लगानी गर्ने वा धेरै प्रतिफल आउने ठाउँमा मात्रै लगानी गर्ने गरेका पुराना लगानीकर्ताले भने कोरोना महामारीको समय तुलनात्मक रुपमा लाभ लिन सकेनन्। त्यो समय बजार नसोचेको ढंगबाट अगाडि बढेका कारण पुराना लगानीकर्ता लाभ लिने अवसरबाट चुकेका थिए।
बजार माथिल्लो बिन्दुमा पुग्दा पुराना भनिएका, आधारभूत विषय हेरेर लगानी गर्ने तथा दीर्घकालीन रुपमा लगानी गर्ने लगानीकर्ता केही कठिनाइ भोग्ने अवस्थामा पनि पुगे। नयाँ लगानीकर्ता भित्रिरहेको स्थितिमा बजार राम्रै ढंगबाट माथिल्लो बिन्दुतर्फ बढ्यो। सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) माथिल्लो बिन्दुतर्फ उकालो चढिरहेको अवस्थामा सेयर बजारलाई हेर्ने नियामक तथा बजार प्रभावित पार्ने संस्थाले कुन समयमा के–कस्तो नीति अपनाउने भन्ने सतर्कता नअपनाउँदा समस्या सिर्जना भयो। सूचक उच्चतम बिन्दुतिर रहेका बेला नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न ५१ वटा कम्पनीको नामसहित लगानी जोखिममा रहेको विज्ञप्ति जारी गर्यो।
त्यसपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारोबारमा रोक लगायो। यी घटनापछि सेयरको आपूर्ति बढे पनि माग बढाउनतर्फ कतैबाट पनि कुनै पहल भएन। त्यति मात्र होइन, राष्ट्र बैंकले व्यक्ति तथा संस्थाले सेयर धितोमा लिने ऋणमा सीमा तोकिदिँदा यसको असर सेयर बजारमा प¥यो र सूचक घट्यो।
लगानीकर्ताको मनोबल बढाउने र बजारको दिगो उन्नतिका लागि काम गर्नुपर्ने समयमा नियामकहरु कमजोर देखिए। त्यसैको परिणाम सबैभन्दा माथिल्लो बिन्दुमा पुगेको बजार सूचक पहिलाको १८८१ बिन्दुको सिमा तोडेर १८०० सम्म खस्कियो। लामो समय सेयर बजारमा बिताएका, बढ्ने र घट्ने क्रम नियालेका लगानीकर्ताले तल्लो बिन्दुलाई पनि स्वाभाविक रुपमा लिए। तर, २२०० बिन्दुमाथिबाट बजारमा प्रवेश गर्नेहरुमा छोटो समय धेरै कमाउने मनसाय पाइयो। यसले बजार झन् खस्किएपछि उनीहरु घाटा बेहोरेर बजारबाट निस्किए। तर, कतिपय लगानीकर्ता सावाँ उठाउने आशमा कुरेर बसेका छन्।
बजार ३२०० बिन्दुबाट तल झर्न थालेको समय आत्तिने लगानीकर्ता बजारमा केही छैन भनेर बाहिरिँदै गर्दा पनि कतिपयले कमाउने मौका भनेर किनिरहे। पछिल्लो समय नेप्सेलाई १८०० बिन्दुमा राखेर हेर्ने र विश्लेषण गर्ने गरिन्छ।
नेपालमा नेप्से उकालो लागेको वा ओरालो लागेको छ भन्ने किसिमबाट अर्थात् अंकमा भएको घटबढ हेरेर त्यसको पछि लाग्ने चलन छ, जुन प्रवृत्ति एकदमै गलत छ। लगानीकर्ता नेप्से इन्डेक्स बढेको वा घटेको हेर्नेभन्दा पनि कम्पनी र उसको अवस्थालाई हेर्न जरुरी छ। आफूले लगानी गरेको कम्पनी आज कुन बिन्दुमा छ, हिजो कतिमा किनिएको थियो र भोलि कुन बिन्दुतर्फ अगाडि बढ्न सक्छ, कम्पनीको वित्तीय अवस्था कस्तो छ भन्ने विषय हेरिनुपर्छ। तर, समग्र सूचक हिजो कुन बिन्दुमा थियो, आज कुन बिन्दुमा छ, र भोलि कति होला भन्ने ढंगबाट विश्लेषण गर्दा लगानीकर्ताले लाभ उठाउन सक्दैन। सूचक धेरै माथि पुग्दा पनि कतिपय लगानीकर्ता घाटामा हुन सक्छन् भने सूचक ओरालो लागिरहँदा पनि कतिपय लगानीकर्ताले फाइदा उठाइरहेका हुन सक्छन्।
नेपालमा नेप्से उकालो लागेको वा ओरालो लागेको छ भन्ने किसिमबाट अर्थात् अंकमा भएको घटबढ हेरेर त्यसको पछि लाग्ने चलन छ, जुन प्रवृत्ति एकदमै गलत छ। लगानीकर्ता नेप्से इन्डेक्स बढेको वा घटेको हेर्नेभन्दा पनि कम्पनी र उसको अवस्थालाई हेर्न जरुरी छ। आफूले लगानी गरेको कम्पनी आज कुन बिन्दुमा छ, हिजो कतिमा किनिएको थियो र भोलि कुन बिन्दुतर्फ अगाडि बढ्न सक्छ, कम्पनीको वित्तीय अवस्था कस्तो छ भन्ने विषय हेरिनुपर्छ।
नेपालमा सेयर शिक्षा पर्याप्त छैन। प्रत्येक कारोबारमा नियामकलाई कमिसन बुझाउनुपर्छ। तर, कमिसनबापतको रकम कहाँ प्रयोग भएको छ, कस्तो काममा कसरी उपयोग भएको छ भन्ने लगानीकर्तालाई जानकारी छैन। सेयर बजार प्रवेश गर्दा सेयरका आधारभूत विषय तथा सिद्धान्त जानकारी हुनुपर्दछ। बजार प्रवेश गर्नुअघि के–कस्ता विषय हेर्ने, कस्ता जानकारी लिने, कस्तो अवस्थामा लगानी गर्ने र मेरो लगानीको प्रकृत्ति के हुनुपर्छ भन्नेजस्ता सामान्य जानकारी चाहिन्छ। बजारको हल्ला र अरुले भनिदिएको भरमा कारोबारमा छिर्ने र लगानी गर्ने प्रवृत्ति रोकिएमा लगानीकर्ता आत्तिनुपर्ने अवस्था आउँदैन। पुँजीमा र पैसामा खेल्नुपर्ने ठाउँमा अन्धाधुन्ध प्रवेश गर्नु घातक हुन्छ।
अहिले बजार तल्लो बिन्दुमै रहेकाले सकारात्मकतर्फ अगाडि बढ्नुको विकल्प छैन। अझ नयाँ कम्पनीहरुको आगमनले बजार माथि उक्लने विषयलाई बल पु¥याउँछ। यद्यपि नियामक निकाय धितोपत्र बोर्डमा आउने अध्यक्षले कस्ता नीति अपनाउला भन्ने जिज्ञासा लगानीकर्ताको पर्खाइको विषय हो। संस्थागत रुपमा कस्तो कदम चालिन्छ भन्ने विषय महत्त्वपूर्ण हो। नियमनकारी निकाय र सरकारको कदम के हुन्छ भनेर हेरिनु अन्यथा होइन। ऋण आफ्नो क्षमता र लगानी आधार खोजेर लिर्ने विषय हो र क्षमताले थेग्नेसम्म ऋण लिनुपर्दछ। ऋण लिएर लगानी गर्दा प्रतिफल लिन धैर्य गर्नुपर्छ। आफ्नो लगानी कुन समयमा कस्तो हुन्छ, कसको वित्तीय अवस्था कसरी अगाडि बढ्छ भन्ने स्पष्ट जानकारी भएको अवस्थामा ऋण लिएर लगानी गर्दा राम्रो हुन्छ।
नेपालमा हरेक कुरालाई ब्याजमा तथा ऋणमा जोडेर हेर्ने गरिन्छ। बैंकले ब्याजदर उसका आफ्नै मापदण्ड हेरेर निर्धारण गर्दछ। यो हाम्रो सरोकारको विषय होइन। यस्तै, हाम्रोमा जोखिमभार राखियो भने ऋण कम दिन्छ भन्ने हिसाबबाट बजारमा हल्ला फिँजाउने काम गरिन्छ। ऋण लिन गएर बैंकले सेयरमा दिने ऋणको कोटा समाप्त भएको भन्दै फर्काएको गुनासो हालसम्म सुनिएको छैन। तर, बजारमा जोखिम बढाइदियो भन्ने ढंगबाट हल्ला फिँजाइन्छ। हिजो बेलुका कसैले राम्रो कुरा बोलिदियो वा कसैले केही नीति ल्यायो भने भोलिपल्ट ११ बजे बजारमा सकरात्मक सर्किट लाग्छ। यो अवस्था हेर्दा रातारात बैंकबाट पैसा आएको हुँदैन भन्ने पुष्टि हुन्छ। अर्थात्, लगानीकर्तामा पैसा नभएको होइन छ तर, लगानी गर्न आवश्यक आत्मबल छैन। हाम्रोमा सेयर कारोबार गर्ने उद्योगी, उद्योग चलाउने उद्योगि, कृषि पेसा अँगाल्ने उद्योगी भनेर गोलमोल पारिन्छ।
नेपालमा अधिकांश व्यक्तिले सबै जानेको छु भनेर सबैतिर हात हाल्ने प्रवृत्ति छ। ब्याजदर घट्दा उद्योगीले सेयर बजारमा बढी खेल्छन् किनभने ब्याजदर घट्दा भुक्तानी गर्नुपर्नेको ऋण भार कम हुन्छ। ब्याजदर घट्नु ऋणीसँग सम्बन्धित विषय हो। खासमा दोस्रो बजारमा खेल्ने हो भने ब्याजदर सस्तो वा महँगो हेर्नै हुन्न। धेरै ब्याजदर हुँदा पनि मुद्दती निक्षेपमा राख्दा वर्षभर पाउने भनेको १२÷१३ प्रतिशतसम्म हो। सेयरमा कारोबार गर्नेसँग एकै दिनमा १० प्रतिशत कमाउने सम्भावना हुन्छ। दिनमै १० प्रतिशत कमाउनेले एक÷दुई प्रतिशत ब्याज घट्दा उत्साहित हुने र बढ्दा हतोत्साहित हुनुहुँदैन।
लामो समयका लागि सेयर ऋण लिएर व्यवस्थित तरिकाले पोर्टफोलियो व्यवस्थापन गर्नेलाई मात्र ब्याजदरको विषयले प्रभाव पार्दछ। ब्याजदर र विभिन्न नीतिका विषयमा हल्ला चलाउने बढी दुई÷चार लाख ऋण लिएका वा ऋण नै नलिएका देखिएका छन्।
सेयर बजार जटिल क्षेत्र भएकाले पलपलका खबर राख्नुपर्छ भने आफ्नो अन्तरमनलाई बुझ्नुपर्दछ। योजनाबिनै बजारमा प्रवेश गरे त्यसले राम्रो गर्दैन र कमाउनेभन्दा गुमाउने सम्भावना धेरै हुन्छ। अहिले कुन कम्पनीको सेयर खरिद गर्दा उपयुक्त हुन्छ भनेर सोधियो भने आफूसँग भएको कम्पनी वा कुनै अर्को कम्पनी राम्रो छ भनेर सुझाव दिने काम हुन्छ। तर, सुझाव माग्नेको लगानीको अवस्था के छ, ऋण लिएको हो वा कस्तो हो, उसले कुन समयमा फाइदा खोजिरहेको छ आदि विषयमा लगानीकर्ताले ध्यान दिनुपर्छ।
लगानीकर्ताले पहिला आफूलाई बुझ्नुपर्छ र त्यसपछि कम्पनीबारे विगत, वर्तमान बुझ्नुपर्छ। अहिले विभिन्न सामाजिक सञ्जालमा बहु–हल्ला चलाउने गरिन्छ। कतिपय अवस्थामा हल्ला फिँजाउन कसैले योजना बनाएरै मानिस खटाएको हो कि भन्ने भान पर्छ। हल्लाखल्ला गर्नेमा चार÷पाँच जनाको समूह हुन्छ र आफूले फाइदा लिने गरी सामाजिक सञ्जाल प्रयोग गर्ने गर्छ। सकारात्मक र नकारात्मक हल्ला फिँजाएर आफूले फाइदा लिने दाउ उनीहरुको हुन्छ। कुनै कम्पनीको कुरा गरेपछि मूल्य घट्यो भने फेरि किन्ने वा बढेको बेला सेयर बेचेपछि फेरी हल्ला चलाएर घटेपछि किन्ने प्रवृत्ति देखिन्छ। यस्ता विषयमा लगानीकर्ता चनाखो बन्नुपर्छ।
लामो समयका लागि सेयर ऋण लिएर व्यवस्थित तरिकाले पोर्टफोलियो व्यवस्थापन गर्नेलाई मात्र ब्याजदरको विषयले प्रभाव पार्दछ। ब्याजदर र विभिन्न नीतिका विषयमा हल्ला चलाउने दुई/चार लाख ऋण लिएका वा ऋण नै नलिएका देखिएका छन्। सेयर बजार जटिल क्षेत्र भएकाले योजनाबिनै बजारमा प्रवेश गरे त्यसले राम्रो गर्दैन र कमाउनेभन्दा गुमाउने सम्भावना धेरै हुन्छ।
कतिपयले हामीले नकिनेसम्म बढेको थियो, किनेपछि घट्यो भन्ने गरेको सुनिन्छ। यस्तो हुनुमा लगानीकर्ताले सही सूचना उपयोग नगर्नु र कसैप्रति बढी विश्वास गर्नुको परिणाम हो। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न धितोपत्र बोर्डले सूचना जारी गरे पनि प्रभावकारी कार्यान्वयन भएको छैन। नियामकले केही व्यक्ति÷समूहलाई काराबाही गरेमात्रै यस्तो प्रवृत्ति निरुत्साहित हुन्छ।
सेयर बजार दीर्घकालीन भविष्य भएको क्षेत्र हो। बजारमा धैर्य गरेर टिक्न सके राम्रो आम्दानी गर्न सकिन्छ। लगानीकर्ताले एकैपटक धेरै कमाउन नखोजी विस्तारै व्यवस्थित योजना र अध्ययनमार्फत लगानी गरे निरास हुनैपर्दैन। सेयर बजारमा नाफा, घाटा र उतारचढाव स्वाभाविक भएकाले आत्तिनुहुँदैन। एकैपटक धेरै खोज्दा पनि बजारमा टिक्न सकिँदैन।