काठमाडौं। साओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले रेडमी नोट १३ सिरिजअन्तर्गत रेडमी नोट १३ प्रो प्लस फाइभ जी, रेडमी नोट १३ प्रो, रेडमी नोट १३ सार्वजनिक गरेको हो।
यी तीनै मोडलमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्च–स्तरीय क्यामराको साथ स्मार्ट फोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीले बताएको छ। रेडमी नोट १३ प्रो प्लस फाइभ जीमा बोल्ड स्टाइल, बेजोड पर्फर्मेन्स रहेको कम्पनीले जनाएको छ।
स्टाइलिस डिजाइन भएको रेडमी नोट १३ प्रो प्लस फाइभजीको मोटाइ ८.९ एमएम र तौल २०४.५ छ। यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के र १२० हर्जको रिफ्रेस रेट छ। आइपी ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेडमी नोट १३ प्रो प्लस फाइभजी हेर्दा जति स्टाइलिस छ, त्यति नै टिकाउ पनि रहेको कम्पनीको दाबी छ।
यसमा रहेको मिडियाटेक डाइमेनसिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी प्लस २५६ जिबी र १२ जिबी प्लसण्५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकलाई आफ्ना फाइल राख्न सहज हुनेछ।
२०० मेगापिक्सेल सटर म्याजिक
रेडमी नोट १३ प्रो प्लस फाइभजीमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेराको साथमा ग्राहकले फोटोग्राफीको नयाँ अनुभव लिन सक्नेछन्। १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फी निकाल्छ भने ओआइएस, साओमी प्रो कट र साओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषै परिवर्तन गरिदिएको छ।
सुपर फास्ट चार्जिङ र आकर्षक सेन्सर
स्मार्टफोनमा ५००० एमएचको ब्याट्री भएकाले आरामसँग दिनभर फोन चलाउन सकिन्छ। यसमा १२० वाटको हाइपर चार्जर उपलब्ध भएकाले चार्जिङ पनि अति छिटो हुन्छ। डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्ट फोनमा इन स्कृन फिंगर प्रिन्ट पनि उपलब्ध छ।
रेडमी नोट १३ प्रोका मुख्य विशेषता
स्टाइलिस एमोलेड डिस्प्लेः ७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको रेडमी नोट १३ प्रोमा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ। ६.६७–इन्चको एमोलेड डिस्प्ले, २४००८१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरियन्स प्रदान गर्छ।
मिडिया टेक हेलियो अल्ट्रासहित आउने रेडमी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। त्यस्तै, युजर फ्रेन्डली एक्स्पिरियन्सका लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआई १४ मा राखिएको छ। यो फोन ८ जिबी प्लस २५६ जिबी वा १२ जिबी प्लस ५१२ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध छ।
२०० मेगापिक्सेल क्यामेरा
रेडमी नोट १३ प्रोले तपाईंको फोटोग्राफी स्किललाई नयाँ उचाइमा पुर्याउँछ। ओआइएसको साथ यसको २०० एमपी मुख्य क्यामेराले डिटेल कैद गर्दछ भने पृथक फोटोग्राफीका लागि ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ। यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी–पोट्रेटमा छुट्टै चमक ल्याउँछ।
रेडमी नोट १३ प्रोमा ५००० एमएच ब्याट्रीको साथ उत्कृष्ट ब्याट्री लाइफको अनुभव लिन सकिने कम्पनीको दाबी छ। साथमा ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ। स्मार्ट फोनमा डुअल स्पिकर, डल्बी एटमस तथा इन स्क्रिन फिंगर प्रिन्ट पनि उपलब्ध छ।
रेडमी नोट १३ : हरेक फिचर विशेष
७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रेडमी नोट १३ लाई हल्का र स्ल्कि देखाएको छ। यसको आकर्षक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८८१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव सुनिश्चित गर्दछ। रेडमी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्यास रेजिस्ट्यान्ससहित उपलब्ध गराइनेछ।
शक्तिशाली स्न्यापड्रागन ६८५
स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेडमी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स दिने कम्पनीको भनाइ छ। एन्ड्रोइड १३ र एमआइयुआई १४ भएको यो डिभाइसबिना कुनै ल्याग चल्छ। प्रयोगकर्ताका लागि ६ वा ८ जिबी ¥याम रोज्न र आफ्नो आवश्यकताअनुसार १२८ वा २५६ जिबी स्टोरेज छनोट गर्ने विकल्प उपलब्ध छन्।
१०८ मेगापिक्सेल पावरहाउस
रेडमी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले राम्रो डिटेल प्रदान गर्दछ। रेडमी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन्। यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीमा छुट्टै चमक ल्याउने कम्पनीको दाबी छ।
एक्स्ट्रा ब्याकअप
५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकाले रेडमी नोट १३ मा दिनभर भिडियो हेर्न वा अरु काम गर्न मिल्छ। साथै, डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगर प्रिन्ट सेन्सर पनि समावेश छ।
मूल्य र अफर
रेडमी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा २४, हजार ९९९ रुपैयाँ (६/१२८ जीबी) र २७,९९९ (८/२५६) जिबीमा उपलब्ध हुनेछ। रेडमी नोट १३ किन्दा २ हजार ९९९ मूल्यको बड्स ४ एक्टिभ १ हजार ६९९ को अफरमा पाउन सकिनेछ।
रेडमी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रिन र ल्याभेन्डर पर्पल कलरमा ३४ हजार ९९९ (८/२५६ जिबी) र ३९ हजार ९९९ रुपैयाँमा (१२/५१२ जिबी) मा उपलब्ध हुनेछ। रेडमी नोट १३ प्रो किन्दा २ हजार ९९९ मूल्यको बड्स ४ एक्टिभ मात्र १ हजार ६९९ अफर वा ५ हजार ६९९ मूल्यको रेडमी वाच ३ एक्टिभ ३ हजार ४९९ अफरमा पाउन सकिनेछ।
कम्पनीका अनुसार रेडमी नोट १३ प्रो प्लस फाइभजी मिडनाइट ब्ल्याक, फरेस्ट ग्रिन र ल्याभेन्डर पर्पल कलरमा ४७ हजार ९९९ रुपैयाँमा (८/२५६ जिबी) र ५२ हजार ९९९ (१२/५१२ जिबी) मा उपलब्ध हुनेछ।
त्यस्तै, रेडमी नोट १३ प्रो प्लस फाइभजी किन्दा २ हजार ९९९ मूल्यको बड्स ४ एक्टिभ मात्र १ हजार ६९९ अफर वा ५ हजार ६९९ मूल्यको रेडमी वाच ३ एक्टिभ मात्र ३ हजार ४९९ अफरमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।