काठमाडौं। ग्लोबल आइएमई बैंकका कार्डवाहक ग्राहकले दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म सञ्चालनमा रहने छुट योजनाअन्तर्गत ग्राहकले बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा ५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा ७५० सम्म छुट पाउनेछन्।
बैंकले दराजसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट दिएको हो।
बैंकले हाल ३५६ शाखा, ३७८ एटिएम, २७४ शाखारहित इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।
त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।