काठमाडौं। शौर्य सिमेन्ट र स्काई होल्डिङ बिजनेस ग्रुपको संयुक्त आयोजनामा निर्माण व्यवसायी भेला (कन्ट्रयाक्टर मिट) सम्पन्न भएको छ।
भेलामा सहभागी निर्माण व्यवसायीलाई भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामग्रीको छनोट, बिक्री वितरण, प्रविधिमैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता राख्न आग्रह गरिएको थियो।
कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परिक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवं विभिन्न सामाजिक, व्यावसायिक उत्तरदायित्वका कार्यबारे जानकारी गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायताले भक्तपुरबासीलाई सुपथ मूल्यमा सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको जानकारी दिए।
सिराहाको मिर्चैयामा रहेको शौर्य सिमेन्टको उत्पादन क्षमता ४५०० मेट्रिक टन छ भने दैनिक ८०,००० बोरा सिमेन्ट उत्पादन गर्दछ। कम्पनीले ४३÷५३ ग्रेड ओपिसी, पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
उक्त अवसरमा बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेल सहभागी कार्यक्रममा स्काई होल्डिङका सल्लाहकार युवक राजभण्डारी, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल तथा शौर्य सिमेन्टका ब्रान्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक कडायत र प्राविधिक प्रमुख दिवस देवकोटा एवं भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत निर्माण व्यवसायी सहभागी थिए।