काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित एसयूभी एक्स्टरको बुकिङ खुलाएको छ। कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो सोमा यो गाडी पहिलोपल्ट प्रदर्शन गरेको थियो।
कम्पनीका अनुसार नेपालमा हुन्डाई एक्सटर तीन मोडलमा बिक्री गरिनेछ। पाँचसिटे एसयूभी मोडल लाइनअपमा पहिलो एसयूभी हो, जुन हुन्डाई भेन्युभन्दा अगाडि रहनेछ। आकर्षक बनोट र विभिन्न फिचरले एक्सटरलाई विशेष एसयूभी बनाएको दाबी कम्पनीको छ।
गत जुलाईमा भारतमा सार्वजनिक गरिएको एक्सटर त्यहाँको प्रतिष्ठित इन्डियन कार अफ द इयरको विजेतासमेत बनेको कम्पनीले जनाएको छ।
यस्ता छन् विशेषता
कम्पनीका अनुसार हुन्डाई एक्सटरको फ्रन्टमा स्प्लिन्ट हेडलाइट सेटअप र एलईडी डीआरएल रहेको छ। यसको डीआरएल एच प्याट्रनमा राखिएको छ। इन्टेरियरमा इलेक्ट्रिक सनरुप, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रुमेन्लगायत फिचर रहेका छन्।
६ वटा एयरब्याग
१.२ लिटर पेट्रोल इन्जिन जडित एक्स्टरको एसयूभी पावर ८३ एचपी र टर्क ११४ एनएम रहेको छ। उक्त गाडीमा १८ प्रकारका फस्र्ट–इन–सेग्मेन्ट फिचर दिइएको छ। हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपल्ट ६ वटा एयरब्याग दिएको छ। गाडीमा सार्क–फिन एन्टेना, फुटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस इनेवल्ड सनरुफ, वायरलेस चार्जरलगायत सुरक्षा र आरामदायी फिचर छन्।हुन्डाई एक्स्टरमा १८५ एमएम ग्राउन्ड क्ल्यिरेन्स राखिएकाले नेपालका विभिन्न सडकमा सहज यात्रा गर्न सकिने कम्पनीको दाबी छ।
६ रंग अप्सन
कम्पनीले नेपाली बजारमा हुन्डाई एक्स्टरका विभिन्न ६ रंग अप्सनमा गाडी बिक्री गर्नेछ। एक्स्टर ई, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ। कम्पनीले यी गाडीको मूल्य क्रमशः ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ पर्ने जनाएको छ।
लक्ष्मी इन्टरकन्टेनेन्टलका हाल नेपालभर १७ सोरुम, १९ सर्भिस सेन्टर र ४५ बढी चार्जिङ प्वाइन्ट रहेका छन्।