काठमाडौं। सिजि होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गर्नु गलत भएको निजि क्षेत्रको धारणा छ। अदालतबाट दोषी नै ठहर नगरेको अवस्थामा प्रतिष्ठित व्यवसायी माथि भएको धरपकड गलत भएको भन्दै तत्काल छोड्न सरकार लाई अनुरोध गरेका छन।
नेपाल उद्योग परिसघले आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलन गर्दै व्यवसायी चौधरीको पक्राउ गलत भएको अध्यक्ष राजेश अग्रवालरूको भनाई छ। व्यवसायी हरु भागेर कहि जादैन, व्यक्तिको मानमर्दन हुने गरि पक्राउ गर्नु गलत हो, यो तत्कालै सरकारले सच्याउनु पर्छ।
पक्राउअघि न प्रहरीले कुनै सूचना दिएको थियो, न त अनुसन्धानका लागि बोलाएको नै थियो, अध्यक्ष अग्रवालले भने।
राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको छ। यसप्रति निजी क्षेत्रको घोर आपत्ति रहेको बताउदै यसले सम्पूर्ण उद्योगी-व्यवसायीको मानमर्दन भएको महशुस गरेको व्यवसायी हरुको भनाइ छ।
मुलुकको आर्थिक विकासमा निजीक्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। देशको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७७% माथि छ। नेपाल सरकारले पनि निजी क्षेत्रको योगदानलाई महशुस गरी हाल नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेत सामेल गराउन थालेको छ, जसलाई हामीले सकारात्मक रुपमा नै लिएका छौं, अध्यक्ष अग्रवालले भने।
सरकारले एकातिर ठूलो महत्त्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तररुपमा उद्योगी व्यवसायीहरुमाथि धरपकडको डन्डा बर्साइरहने हो भने यो द्वेद व्यवहारले विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने प्रष्ट रहेको इपानका अध्यक्ष गणेश कार्किको भनाइ छ।
यो घटनाले लगानीको वातावरण विथोल्नेबाहेक अरु केही नगर्ने उनको भनाइ छ।
कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हाम्रो पनि विमत्ति नभएको भन्दै नेपालको संविधानको धारा १६ (१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ (१) मा कानुनबमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने संवैधानिक प्रत्याभूति र धारा २० (५) मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने लगायतका संवैधानिक हक सुरक्षित गरिएको उउल्लेख गरेका छन्। उचित र पर्याप्त कारण भएको अवस्थाबाहेक अभियुक्तलाई शंकाकै भरमा उसको वैयक्तिक स्वतन्त्रताको हनन् हुने गरी पक्राउ गर्ने कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत नदेखिने नाडाका उपाध्यक्ष निराकार श्रेष्ठको भनाइ छ।
यता उद्योग वाणिज्य महासघले विज्ञप्ति जारि गर्दै मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको जनाएको छ ।
केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ।