काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सवमा सरिक मन्त्री महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए।
उनले भने, ‘निर्यात व्यवसायीको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र नेपालको निर्यात क्षमता बढाउन महत्त्वपूर्ण योगदान रहँदै आएको छ।’
मन्त्री महतले महासंघले उठान गरेका सबै माग जायज रहेको उल्लेख गर्दै सरकारले चाहँदाचाहँदै पनि आर्थिक स्रोत अभावका कारण तत्काल सम्बोधन गर्न नसकिएको बताए। भविष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री महतले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको प्रस्ट पारे। उनले निर्यात क्षेत्रको भविष्य राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने उल्लेख गरे।
मन्त्री महतले नेपाली उत्पादन उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए। उत्कृष्ट निर्यातकर्ता सम्मानित वार्षिकोत्सव अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको छ।
सम्मानित हुनेमा नेपाल पस्मिना इन्डस्ट्रिज एसोसिएसनबाट कर्केनकुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एन्ड एक्स्पोर्टस् एसोसिएसनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएसन अफ नेपालबाट शक्तिकुमार गोल्यान र फेडेरेसन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट इन्द्रकुमार अग्रवाल रहेका छन्।
यस्तै, नेपाल ह्यान्डमेड पेपर एसोसिएसनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एन्ड हर्बल प्रोडक्ट्स एसोसिएसनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एन्ड एक्सपोर्ट एसोसिएसनबाट छेवांग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एसोसिएसनबाट श्याम लिम्बू, अर्गानिक एसोसिएसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टे«ड ग्रुपबाट मिलन भट्टराई सम्मानित भएका छन्।
हिमालयन अर्थोडक्स टीबाट निरज राठी, फुटवेयर म्यानुप्mयाक्चरर एसोसिएसन नेपालबाट अमीरप्रतापजंग राणा, नेपाल कत्था उत्पादक संघबाट कैलाशचन्द्र गोयल, ह्यान्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एसोसिएसन अफ नेपालबाट गोपीप्रसाद कँडेल पनि सम्मानित भएका छन्।
महासंघका अनुसार नेपाल ब्रुम एसोसिएसनबाट सञ्जीव शाह, नेपाल प्लाई म्यानुफ्याक्चरर एसोसिएसनबाट विष्णु मदोगदिया, नेपाल डेरी एसोसिएसनबाट निराजन कोइराला, रुद्राक्ष व्यवसायी संघबाट शालिकराम थापा र नेपाल कफी प्रोड्युसर्स एसोसिएसनबाट बोधराज अर्याल सम्मानित भएका छन्। सोही अवसरमा निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदरपत्र प्रदान गरियो।
फिन अध्यक्ष शंकरप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल, सांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, वाणिज्य सचिव नारायणप्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, फिनका सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालगायत सहभागी थिए।