काठमाडौं । टाटा मोटरको आधिकारीक बिक्रेताको रुपमा रहेको नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथले युनाइटेड हेभी ईक्युमेन्टस एण्ड अर्थमुभर्स(युहिम) मार्फत निर्माण उपकरणहरु विक्रि गर्ने भएको छ ।
युहिमले चिनमा रहेको विश्वविख्यात निर्माण कम्पनीहरु सनवार्ड,सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।सन् २०१८ बाट नेपालको निर्माण क्षेत्रमा आधुनिक मेसिनहरु भित्र्याएको हो। युहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान ,जर्मनी ,साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टसहरुको प्रयोग गरिएको उल्लेख छ ।
क्याटरपिल्लर,कोमात्सु,कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरूको एकमात्र प्रतिस्पर्धी कम्पनी रहेको युहिमले निर्माण उपकरणहरुको गुणस्तर ,प्रविधि र विश्वासनीयतामा कहिल्यै सम्झौता नगर्ने भोईथ अर्गनाइजेसनका अध्यक्ष सुरज बैधको भनाइ छ । ए,बी क्यासका निर्माण व्यवसायी ,विदेशी निर्माण कम्पनी र हाईड्रोपावरहरुका लागि लक्षित गरि उपकरणहरु नेपालमा ल्याईएको उनको भनाइ छ ।
आफ्नो कम्पनीले ५३ बर्ष देखि अटोमोवाईल, सिमेन्ट र कृषि क्षेत्रमा काम गरेर धेरैको मन जित्न सफल भएको भन्दै निर्माण उपकरणले पनि सबैको मन जित्नेमा विश्वास व्यक्त गरे ।
नेपाल निर्माण व्यवसायी महासघका अध्यक्ष रवि सिंहले देशको पुर्वधार बिकासका लागि चिनियाँ सामाग्रीको अमुल्य योगदान पुर्याएको बताए । उनले व्यवसायीहरुले प्रयोग गरेको निर्माण उपकरणको पार्टपुर्जा र मिस्री सहज रुपमा उपलब्ध गराउन अनुरोध गरे ।