काठमाडौं। ३८ हजार ३०० हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्यसहित निर्माण थालिएको राष्ट्रिय गौरवको रानीजमरा सिँचाइ आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। रानीजमराबाट सुदूरपश्चिम कैलालीको ३८ हजार ३०० हेक्टर जमिनमा सिँचाइ पु¥याउने योजना छ।
आयोजनाले दुई चरणमा सिँचाइको काम गर्दै आएको छ। पहिलो चरणमा २० हजार ३०० हेक्टर र दोस्रो चरणमा १८ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने गरी काम गर्दैछ। पहिलो चरणको भौतिक प्रगति ७० प्रतिशत छ भने दोस्रो चरणको काम सुरु भएकै छैन।
तर, त्यही रानीजमराबाट उत्पादित विद्युत् भने मंगलबारदेखि राष्ट्रिय प्रसारणमा जोडिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) वीरसिंह धामीले बताए। रानीजमरा सिँचाइ आयोजना भए पनि ४.७१ मेगावाट विद्युत् उत्पादन गरेर मंसिर अन्तिमबाट बिजुली बालेको थियो। अयोजनाले करिब २ महिना परीक्षणको रुपमा आन्तरिक प्रयोजनमा बिजुली प्रयोग गरेको थियो।
आयोजनाले दुई चरणमा सिँचाइको काम गर्दै आएको छ। पहिलो चरणमा २० हजार ३०० हेक्टर र दोस्रो चरणमा १८ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने गरी काम गर्दैछ। पहिलो चरणको भौतिक प्रगति ७० प्रतिशत छ भने दोस्रो चरणको काम सुरु भएकै छैन।
आज नेपाल विद्युत प्राधिकरणअन्तर्गतको कैलालीस्थित लम्की सबस्टेसनमा बिजुली जोडिएको लम्की सबस्टेसनका सहायक प्रबन्धक उपेन्द्र श्रेष्ठले बताए। श्रेष्ठका अनुसार राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिए पनि बत्ती भने बलेको छैन।
‘रानीजमराले ग्रिडमा बिजुली जोड्यो तर उत्पादन दिन सकेको छैन। भारतीय प्राविधिकले हेर्दै छन्’ श्रेष्ठले भने, ‘समस्या के हो भन्ने हामीलाई थाहा भएन। उनीहरुले दुई–तीन दिनमा सबस्टेसनमा बत्ती बल्छ भन्ने जानकारी गराएका छन्।’
आयोजना निर्माण अवस्था
रानीजमरा निर्माण आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको थियो। आयोजना आव २०७४/७५ मा सक्ने सम्झौता थियो। तर, म्याद थपको शृंखला जारी रहँदा हाल आव २०८०÷८१ अर्थात् आगामी असारसम्म समयावधि छ। यद्यपि पहिलो चरणको भौतिक प्रगति ७० प्रतिशत भएको आयोजनाका सिडिई एवं सूचना अधिकारी नवीन पौड्याल बताउँछन्।
पहिलो चरणको लागत अनुमान २७ अर्ब ७० करोड २४ लाख रहेका र हालसम्म ६८ प्रतिशत वित्तीय प्रगति भएको सूचना अधिकारी पौड्यालको भनाइ छ। हालसम्म ७० प्रतिशत मात्रै काम सकिँदा असारमा निर्माण सम्पन्न नहुने निश्चित छ। सोही कारण दुई वर्ष अर्थात् २०८३ असारसम्म म्याद थप्ने तयारी आयोजनाको छ।
रानीजमरामा नेपाल र विश्व बैंकको लगानी छ। विश्व बैंकको लगानीमा सञ्चालन भएका परियोजनको म्याद सन् २०२३ डिसेम्बरमा सकिएको थियो। हाल म्याद थप गरेर सन् २०२५ जुलाईसम्म पु¥याइएको आयोजनाले जनाएको छ। चालू आर्थिक वर्ष रानीजमरा सिँचाइ आयोजनामा नेपाल सरकारतर्फ ४३ करोड र विश्व बैंकबाट २ अर्ब १९ करोड गरी कुल २ अर्ब ६२ करोड रुपैयाँ बजेट छ।
वैदेशिकर्फको बजेट चालू आवका लागि पर्याप्त हुन्छ। तर, नेपालतर्फको ४३ करोड रुपैयाँ अपुग भएकाले माघ पहिलो साता ३५ लाख थप बजेट मागेर फाइल सिँचाइ विभाग पठाइएको सूचना अधिकारी नवीन पौड्यालले बताए।
त्यस्तै, दोस्रो चरणको गुरुयोजना (मास्टर प्लान) स्वीकृत हुन बाँकी छ। दोस्रो चरणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार भएर वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको आयोजनाले जनाएको छ।
दोस्रो चरणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भने तयार भइसकेको छ। डिपिआरअनुसार दोस्रो चरणको काम गर्न १३ अर्ब रुपैयाँ खर्च लाग्छ। इआइए र मास्टर प्लान स्वीकृत भएपछि आयोजनाले परियोजना निर्माणका लागि ठेक्का आह्वान गर्ने बाटो खुल्छ।
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरे पनि निर्माणको गति सुस्त छ। दुई चरणमा निर्माण हुने आयोजनामध्ये पहिलो चरणको मूल नहरमा २०८० वैशाख २५ बाट पानी पठाउन थालिएको छ। ९ किलोमिटर लामो मूल नहरबाट १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ।