काठमाडौं। कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औं वर्ष मनाएको छ। सन् १९७३ मा नेपाल प्रवेश गरेदेखि नै कोका–कोला नेपाली समुदायको अभिन्न अंग बन्न पुगेको कम्पनीले जनाएको छ।
पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोका–कोलाले अविस्मरणीय सम्झना बनाएको छ।
काठमाडौं र चितवन गरी कोका–कोलाको नेपालमा दुई वटा उत्पादन कारखाना छन्। देशभर १ लाख बढी रिटेलर आउटलेट भएको कोका–कोलाले १,००० बढी कामदारलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिँदै आएकोे छ भने ५ हजार बढी मानिस प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।
कार्यक्रमा बोटलर्स नेपालका अध्यक्ष एनएन सिंहले भने, ‘लजिस्टिक र संस्थागत संरचना पूर्ण रुपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै चुनौती थियो। हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ। कोका–कोलाको उद्देश्य नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्नु हो।’
५० औं वार्षिकोत्सव अवसरमा कोका–कोलाले कोका–कोला फिफ्टी इयर्स क्विज टाइम नामक डिजिटल क्विज प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
प्रतियोगितामा ग्राहकले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन्। स्मार्ट फोनमा खल्ती एप खोलेर क्विजमा सहभागी हुन सकिनेछ।
कोका–कोला नेपाल र भुटानकी हेड चन्द्रिका कालियाले भनिन्, ‘कोकाकोला उत्पादनका ब्रान्डप्रति नेपालीले देखाएको मायाले प्रभावित भएका छौं। कोका–कोला कम्पनी नेपालको हितप्रति प्रतिबद्ध रहेको छ।’
युनाइटेड ब्रुअरीमा विभिन्न भूमिकामा १५ वर्ष बढी समय बिताएकी चन्द्रिका हालै कोका–कोलामा आबद्ध भएकी हुन्। यिनले बोटलिङ र बिजनेस पार्टनर, ग्राहक, नेपालका अन्य सरोकारवालासँग नजिकै रहेर काम गर्नेछिन्।
कोका–कोलाले नेपालको सामाजिक तथा आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पारेको छ । २०१५ को भूकम्पको समय ‘फेरि उठ्नेछ नेपाल’ तथा कोभिड–१९ महामारीको बीच ‘स्टप द स्प्रेड’ जस्ता प्रभावकारी एवं सफल अभियान सञ्चालन गरेको थियो।
कोका–कोला बेभरेज नेपालका म्यानेजिङ डाइरेक्टर दीपकनाथ सेन्थिलले भने, ‘नेपालमा कोका–कोलाको ५०औं वर्ष मनाउँदै गर्दा कम्पनीलाई सबैभन्दा ठूलो एफएमसीजी ब्रान्ड बनाउनुका साथै नेपालीको लोकप्रिय खाजा मःमःको साथी बनाएकामा ग्राहकप्रति धन्यवाद दिन चाहन्छौं। हामी नेपालमा पेय पदार्थ मात्रै बिक्री नगरेर रोजगारी सिर्जना गर्दै समुदाय एवं राष्ट्रकै बृहत् आर्थिक सेवाप्रति प्रतिबद्ध छौं।’
कोकाकोलाले महिलालाई उद्यमशीलतासम्बन्धी शिक्षा र तालिम दिने ‘सक्षम’कार्यक्रममार्फत नेपाली समुदायसँगको संलग्नतालाई थप विस्तार गरेको छ। कोका–कोला र एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा सक्षमले पछिल्लो २ वर्षमा नेपालभर २,००० बढी महिलालाई सशक्तीकरण गरिसकेको कम्पनीले जनाएको छ।
कोका–कोलाले ग्लोकल प्रालिसँगको साझेदारीमा ‘युथ डाइलग’ कार्यक्रमअन्तर्गत नेपालभरका थुप्रै कलेज र विश्वविद्यालयसँग युवाको समग्र विकास तथा सशक्तीकरणमा पहल गरेकोे छ।
कोका–कोलाले प्रत्येक वर्ष नेपालीको महान चाड दसैं, तिहार एवं छठ अवसर पारेर ग्राहकलाई विभिन्न उपहार योजना सार्वजनिक गर्दै आएको छ।
कोका–कोला फाउन्डेसनले वर्षौंदेखि वाटर एड, डब्लुडब्लूएफ, माइती नेपाल, डब्लु एचआर, क्रिएजन, रोटरी क्लब अफ नागार्जुन, सेन्टर फर इन्टरप्रेन्योरसिप एन्ड इनोभेसन, वुमन फर ह्युमन राइट्स र केयरलगायत नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थासँग सहकार्य गर्दै आएको छ।
जाजरकोटमा हालै गएको भूकम्पबाट प्रभावित समुदायलाई पनि कोका–कोला फाउन्डेसनले सहयोग गरेको कम्पनीले जनाएको छ। कोका–कोला फाउन्डेसनले विभिन्न हिमशृंखलाको सरसफाइ एवं संरक्षणमा पनि विगत ३ वर्षदेखि नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन–अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आएको छ।
नेपालमा कोका–कोला कम्पनीको कोका–कोलालगायत फ्यान्टा, स्प्राइट, किन्ले र चार्जड्जस्ता पेयपदार्थ उपलब्ध छन्।