काठमाडौं। डिजल खपत गरिरहेका उद्योगमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले विराटनगरमा उद्योगी÷व्यवसायीससँग सोलार रुफटपसम्बन्धी छलफल गरिएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा कार्यक्रम भएको हो।
कार्यक्रममा संगठन अध्यक्ष राकेश सुरानाले सौर्य ऊर्जा उद्योगका लागि सस्तो वैकल्पिक ऊर्जा भएको बताए। उनले पर्याप्त विद्युत् उपलब्ध नभइरहेको अवस्थामा सौर्य ऊर्जाको उपलब्धता उद्योग सञ्चालनका लागि उत्तम विकल्प हुने बताउँदै यसको प्रँविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा राखे।
विश्वव्यापी वातावरणीय प्रदूषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनीकरणमा समेत सौर्या ऊर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य ऊर्जा संयोजक निरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रमुख उद्देश्य सौर्य ऊर्जाको प्रवद्र्धनका माध्यमबाट कार्बन उत्सर्जनमा कमी ल्याउनु रहेको बताए।
उनले कार्यान्वयन पक्ष्ँमाथि प्रकाश पार्दै यो प्रविधि उद्योग स्वयंले आफनै खर्चमा जडान गर्न सक्ने वा अन्य पक्ष्मार्फत जडान गराई आफूलाई आवश्यक ऊर्जा किनेर उपयोग गर्न सक्ने जानकारी दिए।
परियोजनाका डेपुटी टिम लिडर खेमराज भण्डारीले यसको प्राविधिक र आर्थिक पक्षका विषयमा जानकारी दिँँदै सौर्य ऊर्जाको प्रयोगबाट उद्योगले डिजल खपत घटाउन सक्ने बताए।
उनले यस प्रविधिबाट गुणस्तरीय विद्युत् उपलब्ध हुनुका साथै प्रतियुनिट दर सस्तो पर्न जाने भएकाले उद्योगको खर्च न्यूनीकरणमा समेत सहयोगी हुने स्पष्ट पारे।
परियोजनाको वातावरणीय र सामाजिक विज्ञ अनुसुया जोशीले सौर्य ऊर्जा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने धारणा राखिन्।
एक मेगावाटभन्दा माथिको सौर्य ऊर्जा जडान गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले आर्थिक पक्षबाट यो प्रविधि उपयुक्त भएको दाबी गरिन्।
कार्यक्रममा मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधि र विभिन्न उद्योग, प्रतिष्ठानका सञ्चालक, व्यवस्थापक सहभागी थिए।