एजेन्सी। संसारको सबैभन्दा ठूलो पानीजहाजले फ्लोरिडाको मियामीबाट आफ्नो पहिलो यात्रामा निस्कएको गरेको छ। समुद्रको आइकन (द आइकन अफ द सीज) नामाकरण गरिएको यस विशाल जहाजले मियामीको बन्दरगाहबाट यात्रा सुरु गरेसँगै अब उष्ण तटिबन्धीय क्षेत्रहरू हुँदै सात दिने टापु–हपिङका यात्रा गर्नेछ।
द आइकन अफ द सीजलाई अक्टोबर २०२२ मा पहिलो पटक अनावरण गरिएको थियो। ३६५ मिटर लामो (१,१९७ फीट) आइकन अफ द सीजमा २० डेकहरू छन् भने अधिकतम ७ हजार ६ सय यात्रुहरू बस्न सक्छन्। यो जहाजमा रोयल क्यारेबिअन ग्रुपको स्वामित्वमा रहेको छ।
यो जहाज बनाउन २ अर्ब डलर लागत लागेको थियो। यस जहाजमा छ वटा वाटरस्लाइड्स, सातवटा स्विमिङ पुल र ४० भन्दा बढी रेस्टुराँ, बार तथा लाउन्जहरू रहेका छन्। यसको बार्दलीमा हजारौँ कुर्सी छन् भने ‘सेन्ट्रल पार्क’ भनिने क्षेत्रमा एक जना पौडीवाजको मूर्ति पनि राखिएको छ। यस्तै, कतिपय खुला क्षेत्रमा साँच्चैका रुखहरू पनि छन्।
करिब ५० संगीतकार र हास्य कलाकारहरूले यात्रुहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्। यसका विषयमा हाल विभिन्न चर्चाहरु पनि भइरहेका छन्। कतिपय वातावरण अधिकारकर्मीहरूले तरल प्राकृतिक ग्यास अर्थात् एलएनजीको प्रयोग गरिने यो पानीजहाजले घातक मिथेन उत्सर्जन गर्ने चेतावनी दिएका छन्। रोयटर्सका अनुसार इन्टरनेश्नल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेशनका मरिन प्रोग्राम निर्देशक ब्रायन कोमरले यो गलत दिशातर्फको कदम भएको भनेका छन्।
यस्तै, यहि साता आइसीसीले निकालेको एउटा प्रतिवेदनमा एलएनजी प्रयोग गरिएका पानीजहाजबाट हुने मिथेन उत्सर्जन अहिलेको नियमनले अनुमान गरेको भन्दा धेरै रहेको ठहर गरेको थियो। एलएनजी अरु परम्परागत मरिन इन्धन भन्दा सफा बल्ने भएता पनि त्यो चुहावट हुने जोखिम रहने गर्छ। यसर्थ पनि यस पानीजहाजका विषयमा यस्ता किसिमको चर्चा भएको हो।
मिथेन एउटा शक्तिशाली हरित गृह ग्यास हो र यसले २० वर्षको अवधिमा कार्बन डाइअक्साइडको तुनामा ८० गुणा बढी ताप वायुमन्डलबाट सोस्छ। यी उत्सर्जनहरूलाई कटौती गर्नु तापमान वृद्धिलाई नियन्त्रण गर्ने तर्फको महत्वपूर्ण कदम हो। यद्यपि, आइकन अफ द सीजले २४ प्रतिशत इन्धन कम खपत गर्ने विषय पनि चर्चामा आइरहेको छ। एक कम्पनीले सन् २०३५ सम्म कुल उत्सर्जन शून्य गर्ने पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
यसैबीच, आइकन अफ द सीज जस्तै सुविधाहरूसहितको अर्को जहाज आउने तयारी रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रोयल क्यारिबियनको आइकन क्लास अफ शिपहरूमा अर्को स्टार अफ द सीज हो जुन फिनल्यान्डमा निर्माणाधीन छन्। यो २०२५ अगस्टमा फ्लोरिडाको पोर्ट क्यानाभेरलबाट क्यारिबियन डुंगाहरु ओर्लान्डो नजिकै आइकन अफ द सीज जस्तै सुविधाहरूसहितको जडाजको डेब्यु हुनेछ।
रोयल क्यारिबियनको वेबसाइटका अनुसार यस क्रुज जहाजको भाडा प्रति व्यक्ति १,७२३ डलरदेखि १४,२०५ डलरसम्म तोकिएको छ। यो जहाजमा मानिसहरूले कहिल्यै कल्पना नगरेको अनुभव हुने रोयल क्यारेबियनले दाबी गरेको छ।