काठमाडौं। ग्लोबल आइएमई बैंकले बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन नयाँ रणनीति अपनाएको छ। ग्लोबलले रेमिट्यान्स प्रवद्र्धनका लागि विदेशबाट सम्वन्धित व्यक्ति वा आफन्तको खातामा रेमिट्यान्स पठाउँदा पैसा फिर्ता गर्ने नीति (क्यासब्याक योजना) अघि सारेको हो।
औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याई बैंकमा बचत गराउने पद्धतिको विकास गर्न ग्लोबल आइएमईले आइएमई रेमिटमार्फत ५० हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाउँदा सीधै खातामा २ सय ५० रुपैयाँ नगद जम्मा गरिदिने नीति लिएको हो।
यसरी ‘क्यासब्याक’ गरिदिँदा वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन मिल्ने छ। ग्लोबल आइएमई बैंकमा रेमिट्यान्सका लागि नयाँ खाता खोल्ने, पुरानो खाता वा निष्क्रिय खातालाई सक्रिय बनाएर पैसा पठाउँदा क्यास व्याक योजना लागू हुनेछ। सीधै खातामा रेमिट्यान्स नआइ आफन्तले रेमिट्यान्स भनेर पैसा जम्मा गर्दा पनि क्यास व्याक गरिने कम्पनीले जनाएको छ।
‘सबैका लागि बैंक’ नारा दिएको बैंकले विभिन्न सुविधासहितका योजनामार्फत ४६ लाख बढी ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिइरहेको छ।
नेपालमा रेमिट्यान्स पठाउने पहिलो कम्पनीका रुपमा परिचित आइएमई रेमिट सबैभन्दा बढी कर तिर्ने कम्पनी पनि हो। गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिरेको भन्दै सरकारले आइएमई रेमिटलाई सम्मान गरेको थियो। विगतमा पनि आइएमई रेमिट सबैभन्दा बढी आयकर तिर्ने १५ कम्पनीको सूचीमा रहँदै आएको छ।
ग्लोबल रेमिट बचत खातामा अन्य बचत खातामा भन्दा बढी ब्याज प्राप्त त हुन्छ नै, अझ रेमिट्यान्स पठाएका आधारमा प्रतिकारोबार २ सय ५० रुपैयाँसम्म नगद खातामा जम्मा हुँदा रेमिट्यान्स पठाउने व्यक्तिलाई थप फाइदा हुन्छ। रेमिट्यान्स प्रवर्द्धनका लागि ग्लोबल आइएमले ‘पैसा आउने, थपेर पाउने’ नारासहितको योजना कार्यान्वयन गरिरहेको छ।
नेपाल भित्रिने रेमिट्यान्सको करिब ५० प्रतिशतभन्दा हिस्सा आइएमई समूह एक्लैले लिने गरेको छ। आइएमई समूहअन्तर्गत रेमिट्यान्स कारोबारमा आइएमई रेमिट र ग्लोबल आइएमई बैंक क्रियाशील छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्म मुलुकमा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
कति रेमिट्यान्स पठाउँदा कति पैसा थप हुन्छ
ग्लोबल रेमिटमार्फत ग्लोबल आइएमई बैकमा रहेको आफन्तको खातामा २५ हजारसम्म पैसा पठाउँदा १ सय रुपैयाँ, २५ हजारदेखि ५० हजारसम्म पैसा पठाउँदा २ सय रुपैयाँ र ५० हजार माथि पैसा पठाउँदा २५० रुपैयाँ निश्चित क्यासब्याक खातावालाले प्राप्त गर्नेछन्।
रेमिट्यान्सलाई बचतमा परिणत गर्ने ग्लोबल आइएमई पहल
रेमिट्यान्स पठाउँदा बैंकले थप रकम दिँदा खातामा पैसा राख्ने प्रचलन बढ्छ। यसरी पैसा बैंकमा राख्दा आवश्यकताभन्दा बढी वस्तु तथा सेवा खरिदमा खर्च हुनबाट जोगिई बचत गर्ने बानीको विकास गर्दछ।
रेमिट कम्पनीमार्फत आएको रेमिट्यान्स सबै निकालेर व्यक्तिगत प्रयोजनमा बढी खर्च भइरहेको हुन्छ। तर, यस्तो पैसा बैंक खातामै पठाएमा खर्च नहुने बढी रकम बैंकमै बचत हुन्छ।
बैंकले भनेको छ, ‘८० हजार खर्च आवश्यक छ। तर, १ लाख रुपैयाँ रेमिट्यान्स आएको छ भने अनावश्यक रुपमा खर्च हुन सक्ने २० हजार रुपैयाँ बैंकमै बचत रहन्छ। यसले बचत गर्ने बानीको पनि विकास हुन्छ।
रेमिट्यान्स पठाउँदा ग्लोबल आइएमई बैंकमा रहेको खातामा सीधै पैसा पठाए आफूलाई अनुकूल समय झिक्न सकिनेछ। खातामा पैसा पठाएको नोटिफिकेसनसँगै बैंकले क्यासब्याकस्वरुप थप गरेको पैसाको समेत नोटिफिकेसन प्रापकलाई प्राप्त हुनेछ।
त्यसपछि खातावालाले उक्त रेमिट्यान्सबापतको पैसा र बैंकले थप दिएको पैसा मोबाइल बैंकिङ र एटिएमलगायतबाट झिकेर वा अन्य युटिलिटी भुक्तानीमा प्रयोग गर्न सक्नेछन्।
७७ जिल्लामा फैलिएको बैंकका १५ देशमा रेमिट्यान्स प्रतिनिधि
बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित ११ सय बढी सेवा केन्द्रबाट बैंकिङ सेवा दिइरहेको छ।
नेपाल पैसा पठाउन सजिलो होस् भनेर ग्लोबल आइएमईले १५ बढी देशमा प्रतिनिधि राखेको छ। बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याई मुलुकको अर्थव्यवस्था विस्तारमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ।
‘सबैका लागि बैंक’ नारा दिएको बैंकले विभिन्न सुविधासहितका योजनामार्फत ४६ लाख बढी ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिइरहेको छ।