काठमाडौं। सवारी प्रदूषणको नयाँ मापदण्ड बिएस÷युरो ६ कार्यान्वयनका लागि सरकारले व्यवसायीलाई निश्चित समय दिनपर्नेेमा सरोकारवालाले जोड दिएका छन्।
बिहीबार अटो पत्रकार संघ (जाम)को आयोजनामा सवारी प्रदूषण मापदण्ड युरो ६ कार्यान्वयन र समस्या विषयक छलफलमा विज्ञ तथा व्यवसायीले नयाँ प्रदूषण मापदण्डका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन्।
कार्यक्रममा वातावरणविज्ञ भूषण तुलाधरले ३० प्रतिशत प्रदूषण सवारीसधानबाटै हुने भएकाले नेपाल जतिसक्दो छिटो युरो ६ मा जानुपर्ने बताए।
‘अहिले नेपालमा आउने नयाँ प्यासेन्जर गाडी युरो सिक्समै आधारित भएर आइरहेका छन्। तर, समस्या पुराना सवारी व्यवस्थापन अहिलेको आवश्यक्ता हो। युरो सिक्स विश्वमा २०१४ देखि नै सुरु भएको हो। यु्रो थ्री लागू गरेको १२ वर्ष भइसकेकाले तत्काल नेपाल युरो सिक्समा जान आवश्यक छ,’ उनले भने।
युरो सिक्स नीतिमा सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा उनको जोड छ। नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले प्रदूषण मापदण्ड युरो ६ कार्यान्व्यनका लागि सरकारले निश्चित समय दिनुपर्ने बताएा उनले व्यवसायी नाडा युरो ६ कार्यान्वयन विरोधी नभएको स्पष्ट पारे।
‘हामीले प्लानिङमा काम गरिरहेका हुन्छौं। सरकारले युरो सिक्स लागू गर्ने तयारी गरिरहेको छ। यसका लागि व्यवसायीलाई समय दिनुपर्छ। सरकारले पाँच वर्षको योजना निकालेर नीति बनाओस्। त्यसमा व्यवसायीले साथ दिन्छन्। युरो सिक्समा जादा मेकानिक्स पनि तयार हुनुपर्छ,’ उनले. भने।
अटोमेकानिक्स व्यवसायी संघ अध्यक्ष ठाकुर न्यौपानेले अटोमेकानिक्स राज्यको प्राथमिकतामा नपरेको गुनासो गरे। ‘युरो सिक्स होस् वा अन्य विषय। सरकारले हामीसँग सल्लाह गर्नुपर्छ। हामी तयार नभई सरकारले किन युरो सिक्स लागू गर्न खोजेको? अर्बौंको लगानी सवारीसाधन व्यवसायमा छ तर नयाँ सवारी प्रदूषण मापदण्डका लागि केही वर्ष समय दिनुपर्छ,’ उनले भने।
वन तथा वातावरण मन्त्रालयका सिडिई (मेकानिकल) शिवराज शर्माले बिएस÷युरो ६ कार्यान्वयनका लागि एलसी खुलिसकेको र आयात प्रक्रिया अगाडि बढिसकेका गाडीलाई केही समय दिने मन्त्रालयको तयारी रहेको बताए। ‘कति समय दिने भन्ने बिषय टुंगो लागिसकेको छैन। व्यवसायीलाई समय दिने विषयमा मन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने।
मन्त्रालय दुुई वर्षअघि नै युरो सिक्समा जाने विषयमा तयार भए पनि सरकारलाई बुझाउन समय लागेको उनले सुनाए। ‘अटोमेकानिक्सलाई तालिम दिनुपर्छ र युरो सिक्स परीक्षण गर्ने उपकरणलाई भन्सार छुट दिनुपर्ने विषयमा पनि छलफल भएको छ। यो विषयमा अर्थमन्त्री पनि सकारात्मक भएको पाएका छौं¬,’ उनले भने।
वातावरण विभागका सिडिके दीपक ज्ञवालीले युरो सिक्स लागू गराउन व्यवस्थापकीय भुमिकामा सबै व्यवसायी, सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाए।
‘पछिल्लो केही समयदेखि ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात विभागको सहकार्यमा प्रदूषण मापदण्ड चेकचाज भइरहेको छ। सवारी मेकानिक्स व्यवसायीसँग् ापनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ,’ उनले भने।
सवारी प्रदूषण जाच केन्द्र टेकुका कार्यालय प्रमुख मणिराम भुसालले युरो २ को उपकरणअनुसार नै सवारी प्रदूषण चेकजाच भइरहेको बताए।
‘अहिले मालवाहक, सरकारी निकाय र संस्थानका गाडी सवारी प्रदूषणमा फेल हुने गरेको देखिन्छ। डिजेलबाट चल्ने गाडीले नै प्रदूषण धेरै गरेको पाइएको छ,’ उनले भने। २० वर्षे पुराना गाडी प्रतिस्थापन गर्ने विषयमा पनि सरकारले नीति पुनरावलोकन गर्नुपर्ने देखिएको उनको भनाइ छ।
गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले एलसी खोलेका र आयात प्रक्रियामा रहेकालाई सहुलियत दिएर युरो ६ लागू गर्नुपर्ने बताए। ‘हामीले लामो समयदेखि बिएस सिक्सको विषयमा छलफल गर्दै आएका छौं। अब बिएससिक्समा जान ढिलो गर्नुहुँदैन। अझै समय दिएर बिएससिक्समा जान जुरुरी छैन। तत्काल जानुपर्छ,’ उनले भने।
लक्ष्मी समूहका निर्देशक निराकार श्रेष्ठले नेपालको सवारी प्रदूषण मापदण्डलाई अपग्रेड गर्नैपर्ने देखिएको तर व्यवसायीको समस्यालाई पनि सरकारले हेर्नुपर्ने सुझाए।‘व्यवसायीले गाडी अर्डर गरेका हुन्छौं। आयात प्रक्रियामा समेत छन्। त्यसकारण सरकारले युरो सिक्सका लागि समय दिनैपर्छ,’उनले भने।
नेपाल यातायात राष्ट्रिय व्यवसायी संघ अध्यक्ष विजय स्वाँरले कुन स्ट्यान्डर्डमा गाडी ल्याउने भन्ने विषयमा व्यवसायीको हात नहुने बताए। ‘युरो सिक्स लागू गर्नेमा दुईमत रहेन। तर, सार्वजनिक यातायातमाा २० वर्षे समयावधि व्यावहारिक छैन। अब इभीमा जाने हो कि हाइड्रोजनमा जाने? सरकार यो विषयमा स्पष्ट हुन जरुरी छ’, उनले भने।
कार्यक्रममा युरो सिक्सका विषयमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले कमर्सियल गाडीमा सबैभन्दा धरै बिएस थ्री र बिएस सिक्सका गाडी गुडिरहेको बताए।
‘युरो सिक्सको बिषयमा आवश्यक इकोसिस्टममा सिप्रदीले टेक्निसियन, तालिम तथा उपकरण विषयमा पनि गृहकार्य गरिरहेको छ। स्थानीय टेक्निसियनलाई पनि सवारी प्रदूषणको नयाँँ मापदण्डको विषयमा जानकारी दिने तयारी छ’, उनले भने। नाडाबाट बिएस ६ को तालिम दिइँदै आएको उनको भनाइ छ।
अटो पत्रकार संघ अध्यक्ष सागर गजुरेलले २० बर्ष पुराना सर्वजनिक सवारीलाई हटाउने नीति कार्यान्वयन हुनुपर्ने बताए।