काठमाडौं। चीनले सन् २०२३ मा सहरी क्षेत्रमा १ करोड २० लाख बढी रोजगारी सिर्जना गरेको छ।
गत वर्षको कुल गार्हस्थ उत्पादनमा ५.२ प्रतिशतको वृद्धि रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण थियो। कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रले आर्थिक सुधारको नेतृत्व गरिरहेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी युन डोङलाइले पत्रकार सम्मेलनमा जानकारी दिए।
सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको आर्थिक सहयोगका साथ देशले रोजगारीका लागि नीतिगत सहयोग बढाएको उनले बताए।
पछिल्ला चरणमा चीनले सामाजिक बिमा बोझ कम गर्दै वित्तीय अनुदान र कर प्रोत्साहन बढाएर अधिक वित्तीय सहायता प्रदान गर्दै रोजगारीलाई शीर्ष प्राथमिकताका रूपमा कायम राखेको अधिकारीको भनाइ छ।
यसले डिजिटल, इको–मैत्री, र वृद्ध हेरचाह क्षेत्रसँगै उन्नत उत्पादनलाई रोजगारी सिर्जना गर्न प्रोत्साहित गर्नेछ। यो नीतिले निजी, साना र मध्यम आकारका कम्पनीजस्ता प्रमुख रोजगार चालकलाई सहयोग पुग्नेछ।
अधिकारीका अनुसार राष्ट्रव्यापी प्रमुख जनसंख्याका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले जनवरीदेखि अप्रिलसम्म रोजगारी प्रवद्र्धन अभियान पनि सुरु गरिनेछ।
देशको स्थिर आर्थिक पुनरुत्थान, परम्परागतबाट नयाँ वृद्धि चालकमा स्थानान्तरण र रोजगारी सिर्जनाका नयाँ स्रोतको निरन्तर उदयका कारण चीनको रोजगारी सामान्य तया स्थिर रहने अपेक्षा गरिएको उल्लेख गरे।–एजेन्सी