काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेल र सामसुङ नेपालबीच सामसुङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ।
साझेदारीअन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छाअनुसार एनसेलको स्पेसल लक्स नम्बर लिन पाउनेछन्।
सामसुङ नेपालले शुक्रबारबाट ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउनेछन्।
साझेदारीबारे बताउँदै एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस२४ सिरिज सबैभन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बर दिँदै छौं। नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ सम्भावना पहिल्याउन प्रतिबद्ध विश्व अग्रणी कम्पनीसँग साझेदारी गर्न पाएकामा उत्साहित छौं।’
सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधा रहेका छन्। यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाईभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्टजस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधा प्रदान गर्दछ। यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ। डिभाइस टाइटेनियमबाट बनेकाले मोबाइल सेट एकदमै बलियो छ।
अग्रिम बुकिङ गर्ने पहिलो ५०० ग्राहकलाई एनसेलको स्पेसल लक्स नम्बर
दैनिक अल नेट भ्वाइस, डेटा र एसएमएस सेवा ६ महिनासम्म निःशुल्क पाइने
सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधा रहेका छन्। यो सिरिजमा रहेको ग्यालेक्सी एआईले च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्टजस्ता विभिन्न अन–डिभाइस अनुभव प्रदान गर्दछ। यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ।
एस२४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ बेस रहेका छन्। ग्राहकले सामसुङ नेपालको आधिकारिक वेबसाइटमार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरमा गएर अग्रिम बुकिङ गर्न सक्छन्। माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेटलगायतका आकर्षक उपहार पाउने सामसुङ नेपालले जनाएको छ।