काठमाडौं । नेपाल अटो डिलर्स एसोसिएन नाडाको अध्यक्ष पदमा कृष्ण प्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन् । आगामी कार्यसमितिका चयनका लागि नाडाले मंसिर २९ गतेसम्म मनोनयन दर्ता मिति तोकेको थियो। तर, अध्यक्षका आकांक्षी मानिएका अर्का उपाध्यक्ष प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल सर्वोसम्मतले निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष दुलालले आफ्नो कार्यकालमा समग्र अटो क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग लविङ गर्ने बताएका छन् । उनले साना तथा ठूला सम्पूर्ण अटो व्यवसायीलाई समावेश गरेर नाडा अघि बढ्ने क्यापिटल नेपालसँग बताए । साथै अटो क्षेत्रमा देखिएको भन्सार, कर तथा राजस्वको समस्या पनि समाधान गर्ने उनले सुनाए ।
अध्यक्ष दुलालसँगै नाडाको १९ जनाको नयाँ कार्यसमितिको पनि टुंगो लागेको छ । नयाँ कार्यसमितिमा एकजना अध्यक्ष, चार जना संस्थागत सदस्य र १४ जना साधारण सदस्य तर्फबाट रहने छन् ।
सम्पूर्ण सदस्य साधारण सभाबाट आधिकारिक रुपमा मनोनयन हुने नाडाले बताएको छ ।
कोको छन् त नयाँ कार्यसमितिमा
संस्थागत सदस्यतर्फः
१. पश्चिमा अटो मोबाइल्सबाट लोक बहादुर थापा
२. मोरङ अटो मोबाइल्स्बाट सुबास आचार्य
३. चितवन अटो मोबाइल्सबाट नवराज डल्लाकोटी
४. हेटौंडा अटो मोबाइल्सबाट ऋषि कुमार ढकाल
साधारण सदस्य तर्फबाट ः
१. करण कुमार चौधरी
२. आकाश गोल्छा
३. सुनिल रिजाल
४. अनुप कुमार बराल
५. बिक्रम सिंघानिया
६. सुरेन्द्र कुमार उप्रेती
७. राजन बाबु श्रेष्ठ
८. निराकार श्रेष्ठ
९. अभिक ज्योती
१०. मिलन बाबु मल्ल
११. दिपक कुमार अग्रवाल
१२. सुरज भट्टराई
१३. पंकज अग्रवाल
१४. निरमणी पाठक