काठमाडौं। चौधरी ग्रुपअन्तर्गत एलजी ब्रान्ड मातहतका एलजी सपी सोरुम विश्वस्तरीय स्तरमा अपग्रेड गरी पुनः सञ्चालनमा ल्याइएको छ। एलजी इलेक्ट्रोनिक्स् इन्का एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अपग्रेड गरिएका सोरुम पुनः सञ्चालनको उद्घाटन गरेका हुन्।
कम्पनीका अनुसार आधुनिक तथा नयाँ डिजाइनमा खोलिएका यी सोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामग्री जस्तै, एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिस वासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत सामग्री उपभोक्ताले खरिद गर्न सक्नेछन्।
उपभोक्ता सेवालाई लक्षित गरी सोरुममा अनुभवी र दक्ष विद्युतीय सामग्रीबारे जानकार कम्पनीका प्रतिनिधिले ग्राहक जिज्ञासा मेटाउनेछन्। सोरुम सातै दिन बिहान १० देखि बेलुकी साढे ७ सम्म खुलै रहने कम्पनीले जनाएको छ।
कम्पनीले ग्राहकलाई थप जानकारी चाहिए जावलाखेल, मीनभवन, सीतापाइला, चावहिल, कान्तिपथ, इमाडोल, विराटनगरमा सम्पर्कका लागि फोन नम्बरसमेत सार्वजनिक गरेको छ।
अपग्रेटेड सोरुम पुनः सञ्चालन अवसरमा कम्पनीले विशेष छुटका साथै फ्रि गिफ्ट, शून्य प्रतिशतमा किस्ताबन्दी, साटफेर अफरलगायत सुविधा दिइने बताएको छ।
यस्तै, दक्ष र विशेषज्ञबाट विभिन्न एलजी सामग्रीको लाइभ डे, व्यक्तिगत अनुभव साटासाट र कुकिङ कक्षाको सेवा प्राप्त गर्न सकिनेछ।