काठमाडौं। हिरो मोटोकर्पको आधिकारिक बिक्रेतामा चौधरी ग्रुप (सिजी) को प्रवेश भएको छ। लामो समयको विवादपछि हिरो मोटोकर्प नेपालको आधिकारिक बिक्रेतामा चौधरी ग्रुपको प्रवेशसँगै ज्योति ग्रुप बाहिरिएको हो।
भारतीय कम्पनीले हिरोकर्पले ज्योतिबाट खोसेर आधिरिक बिक्रेता चौधरी ग्रुपलाई दिने निर्णय गरेपछि अदालतमा समेत मुद्दा परेको थियो। तर, भारतीय अटो निर्माता कम्पनी हिरोले चौधरी ग्रुपलाई आधिकारिक रुपमा नेपालको एजेन्सीको रुपमा मान्यता दिएको हो। योसँगै ज्योती ग्रुपको हिरो मोटरसाइकलसँगको लिगेसी अन्त्य भएको छ।
हिरो मोटोकर्पले सन् २०१४ मा नेपाल प्रवेश गरेको थियो। वर्षौंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकललगायत प्रतिष्ठित ब्रान्ड बिक्री गरिरहेको छ।
हिरो मोटोकर्प र सिजी मोटर्सले नेपालमा उत्पादनह एसेम्बल गर्नका अत्याधिनुक ग्रीनफिल्ड सुविधा स्थापना गर्ने बताइएको छ। अब चौधरी ग्रुपले हिरो मोटरसाइकल नवलपुरमा वार्षिक ७५ हजार युनिट एसेम्बल गर्ने गरी उद्योग स्थापना गर्ने भएको छ। फागुनदेखि नै एसेम्बल उद्योग स्थापना गर्ने बताइएको छ।
सहकार्यबारे टिप्पणी गर्दै हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए।
‘चौधरी ग्रुपको विशाल विशेषज्ञता र विविध व्यापारिक ज्ञानका साथै,यो समूहले नेपालको सञ्जाललाई ठूलो टेवा प्रदान गर्नेछ,’ बिजनेस हेड भानले भने, ‘नेपाल हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण बजार हो र यहाँ हाम्रा ग्राहकलाई उत्कृष्ट उत्पादन, सेवा र अनुभवह उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हो।’
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताको रूपमा चिनिने हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित भएको बताए।
‘यो साझेदारीले सिजी मोटर्सको अटोमोटिभ बजारमा पुनः प्रवेशको महत्त्वाकांक्षी रहेको छ,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘हिरो मोटोकर्पका प्रख्यात उत्पादन र सेवाको लाभ उठाउँदै स्थानीय बजारको गतिशीलताको हाम्रो गहिरो बुझाइले व्यवसायवृद्धिलाई अगाडि बढाउन अग्रसर हु्नेछौं।’