काठमाडौं। यातायात व्यवस्था विभागका महानिर्देशक उदवप्रसाद रिजालले अनलाइन भुक्तानीसहितको विद्यतीय सेवामा कर्मचारीहरू अभ्यस्त नहुँदा प्रभवाकारी हुन नसकेको बताएका छन्।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा संघ र प्रदेश मन्त्रालय बीच भएको छलफलमा बोल्दै महानिर्देशक रिजालले कर्मचारीहरू नयाँ प्रविधिमा अभ्यस्त नभएको बताएका हुन्।
गण्डकी प्रदेशको पोखराबाट सुरु भएको अनलाइन भुक्तान सेवा सुरु त्यहाँ प्रभावकारी रहेको उनको भनाइ छ। तर, एकान्तकुनामा लागू गरिएपनी कार्यान्वयन नभएको महानिर्देशक रिजाल बताउँछन्। हाम्रा कर्मचारी साथीहरू प्रविधिको प्रयोगमा अभ्यस्त नहुँदा र चासो नदिँदा प्रभावकारी हुन नसकेको देखिन्छ ,उनले भने।
विद्युतीय सेवाका लागि निर्देशिका तयार भइसकेकाले नियामक निकाय सक्रिय हुनुपर्नेमा उनले जोड दिएका छन्।
साथै विभागमा दैनिक ४ हजार थान लाइसेन्स छाइको माग हुने गरेको उनको भनाइ छ। विभागसँग एउटा मेसिन रहेको र त्यसले दैनिक ठ हजार थान लाइसेन्स प्रीन्ट हुने उनको भनाइ छ।
नयाँ प्रीन्टर खरिदको प्रक्रिया चलिरहेकाले कार्डको संकटलाई टार्न प्रदेश सरकारले मेसिन खरिदको प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन्।
यसबीच विभागबाट जारी भएको १ लाख २ हजार थान लाइसेन्स संकास्पद रहेको उनको भनाइ छ। संकास्पद लाइसेन्स अहिलेकै महानिर्देशकले जारी गरेको जसरी प्रचार भएको छ तर, त्यो सत्य होइन, महानिर्देशक रिजालले भने।
उक्त विषयमा छानबिन गर्न मंसिर २१ मा समिती गठन र पुस १९ मा समितिले विभागमा प्रतिवेदन पेस गरेको थियो। हाल उत्त प्रतिवेदन भौतिक मन्त्रालयमा छ।