काठमाडौं। लीलाराम खड्काले सानैदेखि एउटा कुरा पटक्कै बुझ्न सकेका थिएनन्। जिरी वरपर व्यावसायिक रुपमा तरकारी खेती आफ्नो गाउँमा मात्रै किन गरिन्छ होला? अन्यत्र किन गर्दैनन् होला?
हुन पनि, जिरीभर साग र तरकारी खान मात्र नभई बेच्न पनि खेती गर्ने उनको गाउँ मात्रै थियो। हुर्किंदै गएपछि खड्काले पत्तो पाए, जिरीका अधिकांश कृषकलाई व्यावसायिक खेतीबारे पटक्कै थाहा रहेनछ। हुन पनि, एउटै बाली तयार पार्न ५/६ महिना लाग्ने लेकमा कसले व्यावसायिक तरकारी खेतीको रिस्क मोलोस्? लगानी पोखोस्?
‘मेरा बुबा जेटिए हुनुहुन्थ्यो। त्यसकारण हाम्रो परिवार र गाउँ कृषिमा केही अगाडि थियो। त्यो बेला जिरीमा खेती गर्ने कुरा जीविकोपार्जनको माध्यम मात्रै थियो,’ उनले भने। उनी जिरीको कृषि र पर्यटनलाई देश–विदेशमा चिनाउन चाहन्थे। तर, तुरुन्तै र एक्लो प्रयासमा त्यो सम्भवै थिएन।
शंखमूलमा क्याफे सञ्चालनमा ल्याए। रोचक कुरा के भने उनले सकेसम्म त्यो क्याफेलाई जिरीको प्रचार–थलो बनाउने प्रयास गरे। जिरीको अर्गानिक उत्पादनलाई प्रचार गरे। मनको कुनोभित्र जिरीलाई काठमाडौंमै कैद गरे।
२०६३ जब उनी एसएलसी दिएर उच्चशिक्षाका लागि काठमाडौं हानिए, त्यसपछि जिरीको महत्त्व झनै बुझ्ने मौका पाए। ‘काठमाडौं आएपछि जिरीको हावापानी, प्राकृतिक सम्पदा, खानपिनलगायत धेरै कुरा बाहिर ल्याउन बाँकी रहेछ,’ उनले भने।
उनले राजधानी काठमाडौं आए पनि जिरीलाई चिनाउने सपना पूरा गर्न सकिरहेका थिएनन्। जिरीबाट काठमाडौं आएको १६/१७ वर्षसम्म विभिन्न पेसा, व्यवसायमा लागे। धेर–थोर पैसा पनि कमाए। जिरीलाई सम्झे मात्रै। कर्मथलो काठमाडौलाई बनाए।
त्यसपछि उनले शंखमूलमा क्याफे सञ्चालनमा ल्याए। रोचक कुरा के भने उनले सकेसम्म त्यो क्याफेलाई जिरीको प्रचार–थलो बनाउने प्रयास गरे। जिरीको अर्गानिक उत्पादनलाई प्रचार गरे। मनको कुनोभित्र जिरीलाई काठमाडौंमै कैद गरे।
‘मैले क्याफेको मेन्यूमा ‘जिरी टी’, जिरी सुपलगायतका आइटम थपें। त्यस्तै, स्टाफ डे«समा पनि ‘जिरी, घुमौं फिरीरी’ प्रिन्ट गराएँ। खड्कालाई यत्तिमै चित्त बुझेन। जिरी चिनाउने र आफ्नो व्यवसाय फैलाउने योजनासहित हिँडिरहे, निरन्तर।
गत वैशाखमा उनले आफ्नै क्याफे नजिकै एउटा सटर खाली देखे। त्यो सटरमा उनले जिरीमा उत्पादित्क अर्गानिक खाद्यवस्तु राख्ने सोच बनाए। ‘मलाई नाफा–घाटा भन्दा पनि आफ्नो ठाउँको उत्पादन चिनाउनु थियो। त्यसैले त्यो सटर लिएँ। दुई स्टाफ राखें र ‘जिरी लेकाली हाटघर’ नामक पसल सुरु गरें,’ उनी खुसी सुनिए।
पसल त राखे तर उनलाई सामान पाउनै चुनौती भयो।
‘पहिलो कुरा, जिरीका कृषकले अहिले पनि व्यावसायिक रुपमा खेती नै गर्दैनन्। गरेकाहरु पनि भेट्याउनै मुस्किल। बल्लबल्ल केही साग, गुन्द्रुकलगायत उत्पादक भेटेको छु,’ उनले भने। अहिले जिरीस्थित उनका प्रतिनिधिले जिरीका गाउँ चहार्दै कृषि उत्पादन खोजेरै गाडीमा हालेर पठाइदिन्छन् र यहाँका स्टाफले बेच्छन्।
हाल लीलारामको पसलमा आलु, चीज, छुर्पी, घ्यू, कोदोको पिठो, मकैको पिठो, फापरको पिठो, गुन्द्रुक, मस्यौरा तितौरा, साग, काउली, तरुल, खुर्सानी, स्कुसलगायत दर्जनौं खाद्यवस्तु पाइन्छन्। सँगै उनको पसलमा जिरी मेड नेपाली कागजको हस्तकला पनि पाइन्छ।
पसल सञ्चालन गरेदेखि लीलारामलाई सामान बेच्न कहिल्यै समस्या भएन। जिरीबाट आएजति सामान निर्वाध बिकिरहेको छ।
‘हामीलाई अझै पनि सामानकै अभाव छ। उता (जिरी)बाट जति आए पनि बिक्री हुन्छ। बजारको समस्या छैन। त्यसकारण उत्पादन बढाउने सोचना छौं,’ लीलारामले आगामी योजना सुनाए।
हाल लीलारामको पसलमा आलु, चीज, छुर्पी, घ्यू, कोदोको पिठो, मकैको पिठो, फापरको पिठो, गुन्द्रुक, मस्यौरा तितौरा, साग, काउली, तरुल, खुर्सानी, स्कुसलगायत दर्जनौं खाद्यवस्तु पाइन्छन्। सँगै उनको पसलमा जिरी मेड नेपाली कागजको हस्तकला पनि पाइन्छ।
उनले कृषि उत्पादन बढाउन कृषकसँग सहकार्य गर्ने सोच बनाएका छन्।
‘अहिले मेरो पसलमा भएका कतिपय सामान फार्ममा उत्पादित पनि छन्। सामान्य कृषकलाई आफूले उपभोग गर्नेभन्दा १५/२० प्रतिशत बढी खेती गर्न लगाएर त्यो उत्पादन किन्ने सोच बनाएका छौं,’ उनले भने, ‘यसो गर्दा किसानको आम्दानी बढ्ने, जिरीको नाम चिनिने, हामीले पर्याप्त सामान पाउने र उपभोक्ताले पनि अर्गानिक वस्तु उपभोग गर्न पाउने हुँदा सबैलाई लाभैलाभ।’
उनले लीलारामले उत्पादन बढाउन कृषकसँगै सीधै साझेदारी गर्ने सोच पनि बनाएका छन्। स्रोत– साधन आफैंले जुटाएर उत्पादन गर्न लगाउने र उत्पादित चीज आफंैले उचित मूल्यमा किन्ने योजना उनको छ। पैसाकै हिसाबले हेर्दा खासै नाफा नभए पनि उनी असाध्य सन्तुष्ट लाग्छन्।
‘यही पसलले दुई स्टाफको खर्च, कोठाभाडा र सञ्चालन खर्च जुटिरहेको छ। त्यसमाथि मेरो जन्मथलो सुन्दर जिरीको प्रचार पनि भइरहेको छ। यही नै मेरो कमाइ र सन्तुष्टिको माध्यम हो। यसरी नै राम्रो उत्पादन उपभोक्तालाई दिन सके एक दिन अवश्यक पैसा पनि कमाइहाल्छु,’ उनी मुस्कुराउँछन्।