काठमाडौ। बिवाइडीको प्रिमियम गाडी सिल सार्वजनिक भएको छ। नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ३ भेरिएन्टका सिल सार्वजनिक गरेको हो।
कम्पनीले यसको मूल्य १ करोड ५ लाखदेखि १ करोड ८५ लाखसम्म निर्धारण गरेको छ। सिलको लो भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर जडान गरिएको छ। यसले ४ सय ६० किलोमिटर रेन्ज दिने डब्लुएलटिसी टेस्टले जनाएको छ।
त्यस्तै, सिलको मिड र हाई रेन्जमा ८२.५६ किलोवाट आवरको ब्याट्री र २ सय ३० किलोवाटको मोटर छ। डब्लुएलटिसीको रिपोर्टअनुसार मिड भेरियन्टले ५ सय ७० र हाई भेरियन्टले ५ सय २० किलोमिटर रेन्ज दिन्छ।
यसमा सार्प हेडल्याम्प क्लस्टर, स्मार्ट डोर ह्यान्डल, वाइड लोअर एयर इन्टेकसहितको एग्रेसिभ बम्पर, फर्वार्ड डिपिङ बनोट, स्पोर्टी अलोय ह्वील, सर्ट ओभर ह्यांग्स, बुमराङ आकारको एलईडी डीआरएल लाइटलगायत फिचर्स छन्।
१०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोडका अप्सन,यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको विथ एचयूडी, फ्ल्याट–बटम स्टेरिङ ह्वील, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ।
यी हुन् गाडीका विशेषता
यसमा सार्प हेडल्याम्प क्लस्टर, स्मार्ट डोर ह्यान्डल, वाइड लोअर एयर इन्टेकसहितको एग्रेसिभ बम्पर, फर्वार्ड डिपिङ बनोट, स्पोर्टी अलोय ह्वील, सर्ट ओभर ह्यांग्स, बुमराङ आकारको एलईडी डीआरएल लाइटलगायत फिचर्स छन्।
१०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोडका अप्सन,यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको विथ एचयूडी, फ्ल्याट–बटम स्टेरिङ ह्वील, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ।
डायनामिक डिजाइन र उन्नत प्रविधि
सिल डायनामिक र इन्टेलिजेन्ट सेडान भएकाले उच्च प्रविधि सुविधासहित आकर्षक र बाहिरी बनावटलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको भनाइ छ। बिआइडी सिलमा ४०२ लिटरको ठूलो स्पेस र सामान राख्न ५३ लिटरको फ्रंक सुविधा छ। गाडीमा सिटुबी (सेल टु बडी) प्रविधि जडान गरिएकाले कार्यसम्पादन, यात्रु आराम र सुरक्षा ग्यारेन्टी रहेको कम्पनीको दाबी छ।
पावर र पर्फर्मेन्स
बिवाइडी सिलमा ८.१ इन्चको पावरट्रेन जडान गरिएको छ भने इको, नर्मल, स्पोर्ट र स्नो गरी चार ड्राइभिङ संकेत राखिएकाले ड्राइभिङको समय मौसम र विभिन्न स्थितिको जानकारी लिन सकिने कम्पनीको भनाइ छ।
गाडीमा पार्फर्मेन्स संस्करणको उच्च प्रविधिको इन्टेलिजेन्ट टक्र्यु एडप्सन कन्ट्रोल जडान गरिएको छ। यसमा दुई किसिमका ब्याट्री प्याक सुविधा समावेश छन्। यसले उच्च पावर क्षमतासहित ५७० किमिको रेन्ज दिने कम्पनीले बताएको छ। यस्तै, ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ।
शानदार भित्री भाग
बिवाइडी सिलको अगाडिका सिटमा भेन्टिलेसन, तताउने फंग्सन, पछाडिका सिटमा आरामका लागि डिजाइन गरिएका कोण, उचित सुरक्षा र उत्कृष्ट ध्वनि, तातो र इन्सुलेसनका लागि गाडीको अगाडिको ढोका लेमिनेटेड गिलासले डबल सुरक्षा दिइएको कम्पनीले जनाएको छ।
सुरक्षा र बौद्धिक प्रविधि
बिवाइडी सिलमा सुरक्षा र चालक सहायताका लागि अनेकौं प्रणाली जडान गरिएका छन्। सबै मोडलमा अनिवार्य टक्करको पूर्वानुमान र चेतावनी, स्वचालित आपतकालीन ब्रेकिङ, रियर क्रस ट्राफिक अलर्ट, रियर क्रस ट्राफिक ब्रेक,आपतकालीन लेन किप असिस्टेन्सलगायत सुविधा छन्। गाडीमा हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेहिकल होल्ड, स्पिड लिमिट कन्ट्रोल समावेश गरिएको छ।
कम्पनीका अनुसार सिलमा ५.६ इन्चको घुमाउन मिल्ने स्क्रिनमा इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल, १०.२५ इनचको फुल इन्स्टु«मेन्ट एलसिडी प्यानल, एप्पल कारप्लेसहितका एप जडान गरिएका छन्। गाडीमा अडियो प्रणाली र स्मार्ट फोन वायरलेस चार्जिङ सुविधासमेत रहेको छ।
हाल बिवाइडी सिलका १२ सोरुम, ९ सर्भिस सेन्टर, १५ चार्ज प्वाइन्ट रहेका छन्। कम्पनीले तीन वटै क्षेत्रमा पूर्वाधार विस्तार गरिरहेको बताएको छ।
कम्पनीले ग्राहक रुचिअनुसार नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बिआइडी अट्टो३ र बिवाइडी डल्फिनका एजाइल, भर्सटाइल र इन्टेलिजेन्ट ह्याचब्याक बजारमा उपलब्ध गराउँदै आएको छ।