काठमाडौं। निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बिमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सलाई भारतको बिमा क्षेत्रको नियामकीय निकाय आइआरडीएआईले एफआरएनए नम्बर उपलब्ध गराएको छ। योसँगै कम्पनीले भारतबाट पुनर्बिमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो।
हिमालयन रि–इन्स्योरेन्सको निवेदनमाथि आइआरडीएआईले १६ जनवरी २०२४ मा स्वीकृति दिएको छ। स्थापनाको छोटो समयमै ३१ देशमा व्यवसाय विस्तार कम्पनीले भारतबाट व्यवसाय गर्न स्वीकृति पाएसँगै व्यवसाय विस्तारमा सघाउ पुग्ने बताएको छ।
हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । ‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हिमालयन रिइन्स्योरेन्सले भारतमा स्वीकृति पाएसँगै पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ । केही साताअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरी स्टक मार्केटमा कम्पनी सूचीकृत छ ।
स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग पनि आवश्यकताअनुसार हिमालयनले पुनर्बीमा ब्रोकरको रुपमा पनि सेवा लिनेदिने काम गर्दछ ।
विदेशबाट पुनर्बीमा व्यवसाय ल्याउन सक्ने तथा स्वदेशी बिमकहरुबाट समेत पुनर्बीमा कम्पनीलाई व्यवसाय सुनिश्चित गरिएको छ । नेपालका सबै बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गराउनुपर्ने बाध्यकारी व्यवस्था बीमा ऐनमा गरिएको छ । जीवन बीमा, मोटर, कृषि पशुपन्छी तथा जडिबुटी, हुलदंगा तथा आतंकवादीजस्ता बीमा स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । स्वदेशी पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउने व्यवस्था छ ।
कम्पनीले केही समयअघि सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरी धितोपत्रको दोस्रो बजारमा कारोबार भइरहेको छ।