काठमाडौं। सामसुङ नेपालले ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४प्लस र ग्यालेक्सी एस२४ को प्रि–अर्डर खुलाएको घोषणा गरेको छ। प्रि–बुकिङ खुलाएका मोबाइल सेट ग्यालेक्सी एआई प्रविधिमा रहेर उत्पादन गरिएको कम्पनीले जनाएको छ।
एआईले ग्यालेक्सी एस२४ सिरिजमा इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसनसहित बिनारुकावट कुराकानीदेखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिन सुविधालाई थप फेरबदल गरिएको छ। ‘ग्यालेक्सी एस२४ ले मोबाइल आविष्कारको आउँदो दशकलाई दर्शाउँछ’, सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी एआई हाम्रो नवप्रवर्तन सम्पदा र मानिसले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट निर्माण गरिएको छ।’
रुकावटबिनाको कुराकानी
ग्यालेक्सी एस२४ सिरिजले फोन कलको वास्तविक समयमै दुईतर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रान्सलेटका साथ मोबाइल फोनको सञ्चारको तरिकालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको दाबी छ। यसले डाटा वा वाईफाईबिना पनि काम गर्दछ। मेसेज र अन्य एपका लागि च्याट असिस्टले उद्देश्यअनुसारको कुराकानीको टोनलाई सुनिश्चित गर्न सघाउने कम्पनीको भनाइ छ। सामसुङ किबोर्डमा निर्मित एआईले १३ भाषामा सन्देश वास्तविक समयमा अनुवाद गर्न सक्छ। गाडीमा, एन्ड्रोइड अटोले स्वचालित रूपमा आगमन सन्देश संक्षेप गर्नेछ।
भ्वाइस रेकर्डिङका लागि, धेरै जना बोलिरहेका बेला पनि एआई र स्पिच–टु–टेक्स्ट टेक्नोलोजी प्रयोग गरी रेकर्डिङ अनुवाद गर्न सकिने कम्पनीको भनाइ छ।
सिर्जनात्मक स्वतन्त्रता
ग्यालेक्सी एस२४ सिरिजको प्रोभिजुअल इन्जिन एआई सञ्चालित उपकरण हो। ग्यालेक्सी एस२४ अल्ट्रामा क्वाड टेले सिस्टम नयाँ फाइभएक्स अप्टिकल जुम लेन्सको साथ आउनेछ। यसमा अपग्रेड गरिएको नाइटोग्राफी क्षमतासँग, ग्यालेक्सी एस२४ स्पेस जुममा खिचिएका तस्बिर र भिडियो जुनसुकै अवस्थामा पनि उत्कृष्ट हुनेछन्। ग्यालेक्सी एस२४ अल्ट्राको ठूलो पिक्सेल आकार थप ठूलो बनाइएको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एस२४ सिरिजको ग्यालेक्सी एआई एडिटिङ टुल्सले नचाहिने भाग मेटाउने, पुनः रचना गर्ने र रिमास्टरजस्ता सम्पादनलाई सक्षम पार्ने कम्पनीको भनाइ छ।
इन्टेलिजेन्ट र शक्तिशाली अनुभव
ग्यालेक्सी एस२४ अल्ट्रामा स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म समावेश गरिएको छ। तीन वटा ग्यालेक्सी एस२४ मोडल कार्यसम्पादन दक्षता सुधारेर आउनेछन्। ग्यालेक्सी एस२४ प्लसमा ६.७ इन्च र ग्यालेक्सी एस२४ मा ६.२ इन्च डिस्प्ले छ। ग्यालेक्सी एस२४ अल्ट्रामा ६.८ इन्च फ्ल्याटर डिस्प्ले रहेको छ। ग्यालेक्सी एस२४ अल्ट्रा पहिलो ग्यालेक्सी फोन हो, जसले टाइटेनियम फ्रेम ल्याएको कम्पनीको भनाइ छ।
एडभान्स सुरक्षा र गोपनीयता
महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न र एड्–टु–एड् सुरक्षित हार्डवेयरका लागि ग्यलाक्सी एस२४मा सामसुङ नक्स( जोडिएको छ। यसले रियल–टाइम खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीविरुद्ध सुरक्षा निश्चित गर्ने कम्पनीले जनाएको छ।
ग्यालेक्सी एस२४ मा नक्स भल्ट, सेक्युरिटी र प्राइभेसी ड्यासबोर्ड, अटो ब्लकर, सेक्योर वाईफाईलगायत सुरक्षा र गोपनीयता सुविधा रहेको कम्पनीले बताएको छ।
दिगोपन
ग्यालेक्सी एस२४ शृंखलाले उत्पादनको जीवनचक्र विस्तार गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ। ग्यालेक्सी एस२४ शृंखला प्रि–बुक गर्न कम्पनीको आधिकारिक पूर्वअर्डर अथवा नजिकैको सामसङ फोन स्टोरमा जान सकिनेछ। प्रि–अर्डर अफर माघ २३ सम्म वा स्टक रहँदासम्म मान्य रहनेछ।
प्रि–अर्डर गर्ने पहिलो ५०० ग्राहकले एनसेल प्रिमियम नम्बर प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस प्लस ७०० एमबी प्लस ७० एसएमएस ६ महिनाका लागि ३,५०० निःशुल्क प्राप्त गर्न सक्नेछन्।
कम्पनीले ग्यालेक्सी एस२४ को नेपाली बजार मूल्य १९९,९९९, ग्यालेक्सी एस२४ अल्ट्रा १८४,९९९, ग्यालेक्सी एस२४ प्लस १४२,९९९ र ग्यालेक्सी एस२४ बेसको मूल्य ११९,९९९ रुपैयाँ पर्ने जनाएको छ। कम्पनीले बिक्री गर्ने यी मोबाइल शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा खदिर गर्न सकिनेछ।