काठमाडौं। माछापुच्छ्रे बैंकले ६ महिनामै साढे ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले चालु वर्षको दोस्रो त्रैमासमा ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
यद्यपी उक्त नाफा गत वर्षको दोस्रो त्रैमासमा आर्जन गरेको भन्दा २१.४५ प्रतिशतले कम हो। गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब २ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकद्वारा सार्वजनिक चालु आवको दाेस्राे त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको वितरण योग्य नाफा भने २४ करोड ६९ लाख रुपैयाँ नकारात्मक रहेको छ। गत आवमा बैंकले १ अर्ब ५ करोड ८० लाख रुपैयाँ वितरण योग्य नाफा गरेको थियो।
यस्तै, समिक्षा अवधिमा बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले २ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज अम्दानी गरेको छ। साथै, उक्त अवधिमा बैंकले ३ अर्ब १० करोड रुपैयाँ खुद संचालन नाफा गरेको छ। गत आवको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी र ३ अर्ब २८ करोड रुपैयाँ खुद संचालन आम्दानी गरेको थियो। खुद ब्याज आम्दानी र खुद संचालन आम्दानी घटेसँगै बैंकको नाफामा असर परेको हो।
यस्तै, चालु वर्षको दोस्रो त्रैमाससम्म बैंकको निष्कृय कर्जा (एनपिएल) २.६२ प्रतिशत छ। गत वर्षको सोहीअवधिमा बैंकमा यस्तो कर्जा अनुपात १.४१ प्रतिशत थियो।
समिक्षा अवधिमा बैंकको आधारदर ९.७८ प्रतिशत, स्प्रेडदर ३.९९ प्रतिशत, सिडी रेसियो ८०.६१ प्रतिशत र कस्ट अफ फन्ड ७.२६ प्रतिशत रहेको छ। साथै, चालु वर्षको पुस मसान्तसम्म बैंकको प्रतिसेयर मूल्य १३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ रहेको छ।