काठमाडौं। साओमीले नेपाली बजारमा रेड्मी १३सी सार्वजनिक गरेको छ। कम्पनीले बुधबार सार्वजनिक गरेको फोनमा ९० हर्ज रिफ्रेसरेटसहित ६.७४ इन्च आईपीएस एलसीडी डिस्प्ले छ।
मिडियाटेक हेलियो जी८५ चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १३ तथा मियुआई १४ मा आधारित छ। यसमा ५० मेगापिक्सलको मुख्य सेन्सर, २ मेगापिक्सेलको म्याक्रो र ०.०८ मेगापिक्सेलको एक्जिलरी लेन्स समावेश छ।
यी क्यामेरालाई कम्पनीले एआई क्यामेराका रूपमा परिभाषित गरिको छ। सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको क्यामेरा छ।
९० हर्ज रिफ्रेसरेटसहित ६.७४ इन्च आईपीएस एलसीडी डिस्प्ले
मिडियाटेक हेलियो जी८५ चिपसेटद्वारा सञ्चालित
५० मेगापिक्सलको मुख्य सेन्सर, २ मेगापिक्सेलको म्याक्रो र ०.०८ मेगापिक्सेलको एक्जिलरी लेन्स
एआई क्यामेराका रूपमा परिभाषित
फिंगरप्रिन्ट, एक्सेलेरोमिटर, कम्पास
भर्चुअल प्रोक्सिमिटीजस्ता सेन्सर
मूल्य १५ हजार ९ सय ९९, १८ हजार ९९९ रुपैयाँ।
यसमा फिंगरप्रिन्ट, एक्सेलेरोमिटर, कम्पास, भर्चुअल प्रोक्सिमिटीजस्ता सेन्सर छन्। ५००० एमएएच क्षमताको ब्याट्री रहेको रेड्मी १३सीमा कम्पनीले १८ वाटको चार्जर उपलब्ध गराउनेछ।
नेपालमा यो फोन विभिन्न तीन कलर भेरियन्ट मिडनाइट ब्ल्याक, नेभी ब्लु र क्लोभर ग्रिनमा खरिद गर्न सकिनेछ। यो फोन ६ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ।
६ जीबी र्याम भेरियन्टलाई १५ हजार ९ सय ९९ रुपैयाँ र ८ जीबी र्याम भेरियन्टलाई १८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।साओमीले ‘सी’ सिरिजका लागि यो मूल्यमा ८ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्ट पहिलो पटक नेपालमा सार्वजनिक गरेको हो।