मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली सानैदेखि खेलकुदमा रुची राख्थिन् । भलिबल, ब्याडमिन्टन उनलाई सबैभन्दा मन पर्ने खेल थियो । खेलकुदमै आफ्नो जीवन समर्पित गर्ने चाहना पनि थियो खुञ्जेलीको । तर, त्यो समय खेलकुदमा लागेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने थिएन । समय र समाज अनुसार नै खुञ्जेलीको परिवारको चाहना पनि उस्तै थियो । सोही कारण खुञ्जेलीको मनमा पनि पैसा कमाउनुपर्छ भन्ने चाहना पलाउन थाल्यो ।
पैसा कमाउने आकर्षक जागिरको खोजीमा समयले उनलाई बैंङिकङ क्षेत्र तर्फ दोहोर्यायो । २८ बर्ष पहिला खुञ्जेलीले स्टाण्डर्ड चार्टर्ड (तत्कालिन ग्रिण्डलेज) बैंकबाट आफनो बैंकिङ करियर शुरु गरेकी हुन् । त्यतिबेला उनीसँगै हालका नविन बैंकका सीइओ अनिलकेशरी शाह र मेगा बैंकका डेपुटी सिईओ रविना देशराज श्रेष्ठले पनि आफ्नो करिअर शुरुवात गरेका हुन् ।
सँगसँगै बैंकिङ करियर शुरु गरेका मध्ये अनुपमा र रविना अहिले मेगाको नेतृत्वदायी भूमिकामा छन् । करियर अगाडी बढाउदै गर्दा तीनै जना सहकर्मीहरु नविन बैंकमा प्रवेश गरे । नविलबाट पनि फेरी तीनै जना बैंकरहरु नयाँ जोश र जाँगरका साथ मेगा बैंकको बागडोर सम्हाल्न पुगे । मेगा बैंकमा दुई कार्यकाल नेतृत्व गरेर अनिल पुनः नबिलकै सीईओ भएर फर्र्र्किए । तर, झण्डै तीन दशक बैंकिङ करिअर सँगसगै बिताएका सहकर्मीहरु छुट्टिएपछि मेगा बैंकको नेतृत्व संहाल्ने जिम्मा खुञ्जेलीको काँधमा आयो ।
नेपालको बैंकिङ इतिहाँसमै बाणिज्य बैंकको पहिलो सीईओको कुर्सीमा बसरे लगानीकर्तालाई बढी भन्दा बढी लाभांश दिलाउन लागिरहेकी छिन् । पहिलो महिला सीईओ भएर इतिहास रच्न पाएकोमा खुसी देखिएकी उनी सँगसँगै चुनौती पनि थपिएको बिर्सन नसकिने बताउछिन् । खुञ्जेली भन्छिन् ‘सीईओ भयो भनेर खुसी हुनुभन्दा पनि सफलतापूर्वक बैंकलाई कसरी हाँक्ने भन्ने चुनौती छ ।’
,‘यो अवार्डले खुसीसँगसगै दायित्व पनि बढाएको छ ।’ विगतका पाँच वर्षमा मेगा बंैकले गरेका कामका आधारमा टाइम्सले मेगालाई अवार्डको लागि छनौट गरेको हो । बैंकको नाफा, कर्जा लगानी, निक्षेप संकलनका साथै अन्य बिबरणका आधारमा बैंकले अवार्ड पाएको उनको भनाई छ ।
सञ्चालक समितिले भरोसा गरेर दिएको जिम्मेवारीलाई अवसरको रुपमा सदुपयोग गर्ने उनले प्रण गरेकी छिन् । कुनै पनि सस्थाको नेतृत्वमा पुग्ने अवसर निक्कै थोरैलाई प्राप्त हुने र त्यसको लागि वातावरण भने आफैले बनाउनु पर्ने उनको धारणा छ । त्यस्तै लगनशिलता साथ आफ्नो जिम्मेवारी पुरा गरेमा सफलता प्राप्त गर्न कठिनाई नहुने उनी बताउछिन् । अहिले उनी अवसरलाई सदुपयोग गर्दै मेगा बैंकलाई सबल बनाउन लागिरहेकी छिन् ।
दी बैंकर अवार्ड
मेगाले भर्खरै मात्र वेलायतको फाइनान्सियल टाइम्सबाट प्रतिष्ठित बैंक अफ दी इयर अवार्ड हात पारेको छ । उनी भन्छिन् ,‘यो अवार्डले खुसीसँगसगै दायित्व पनि बढाएको छ ।’ विगतका पाँच वर्षमा मेगा बंैकले गरेका कामका आधारमा टाइम्सले मेगालाई अवार्डको लागि छनौट गरेको हो । बैंकको नाफा, कर्जा लगानी, निक्षेप संकलनका साथै अन्य बिबरणका आधारमा बैंकले अवार्ड पाएको उनको भनाई छ ।
अहिले ६१ प्रतिशत नेपालीले बैंक खाता छ । सो अनुसार सबै ग्राहकलाई कसरी बैंकिङ सेवा दिइरहेको छ भन्ने कुरा पनि अवार्डका लागि महत्वपूर्ण कुरा हुन् । इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, एसएमएस बैंकिङलगायतमा कसरी छिटो र छरितो सेवा दिइरहेको छ भन्नेलगायतका सबै पक्षलाई हेरेर मुल्यांकन गरेर मेगालाई अवार्ड प्रदान गरिएको उनको भनाई छ । १ हजार २१९ प्रमोटरबाट सेयरबाट सुरु भएको मेगामा अहिले ३ हजार प्रमोटर छन् ।
शिक्षामा मेगाको प्रयास
देशका कतिपय स्थानमा अहिले पनि ९ कक्षापछि छोरीहरुले स्कुल छाड्नुपर्ने बाध्यता रहेको छ । यसमा बाणिज्य बैंकको पहिलो महिला सीईओको मन नबिझाउने कुरै भएन । त्यहि भएर पछिल्लो समय मेगा बैंकले त्यस्ता वर्गलाई प्राथमिकता दिएर शिक्षा क्षेत्रमा लगानी शुरु गरिसकेको छ । ‘जेन्डर ग्यापलाई कम गर्न शिक्षामा लगानी गर्नेपर्छ भन्ने लागेपछि मेगाले यस क्षेत्रमा सहयोग दिन सुरु गरेको हो,’ उनी भन्छिन् ‘जेन्डर ग्यापालाई हटाउन विश्वमा १०८ वर्ष लाग्छ भने नेपालमा त अझै कयौं वर्ष लाग्ला । यसको मुख्य जड शिक्षा नै हो । त्यसैले मेगाले शिक्षामा लगानी गर्न सुरु गरेको हो ।’
अहिले मेगाले त्यस्तै बर्गका बिद्यार्थी छनोट गरेर किन्डर गार्डेनदेखि १२ कक्षासम्म पढाईदिने र सो जनशक्तिलाई बैंकमै रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गरेको छ । यसले उनीहरुलाइ थप अध्ययनको लागि आर्थिक सहायता पनि प्रदान गर्ने उनले बताईन् । मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादनको मेगाको यो कदम महत्वपूर्ण हुने उनको बुझाई छ । त्यस्तै ग्रामिण भेगसम्म बैंकिङ पहुँच पुर्याउन मेगाले वित्तीय साक्षरतालाई पनि देशव्यापी संचालन गरिरहेको छ ।
जोखिम घटाउन प्रविधि र तालिममा लगानी
पछिल्लो समय बैंकिङ क्षेत्रमा जोखिम बढ्दै गएको छ । आफ्नै कर्मचारीको मिलेमतो तथा प्रणाली नै ह्याक गरेर पनि ठगी भएका घटना सार्वजनिक भइरहेका छन् । अहिले बैंकका शाखाहरु गाउँ गाउँमा पुगेका छन् । त्यस्ता स्थानमा दक्ष र अनुभवी कर्मचारी पाउन समस्या छ । यस्तो अवस्थामा कर्मचारीलाई कुनै तालिम नै नदिइ जिम्मेवारी दिदा यस्ता जोखिमहरु उत्पन्न हुने उनको भनाई छ । उनी भन्छिन् ‘बैंकले कर्मचारीलाई तालिम दिने बिषयमा लगानी गर्न हिच्किचाउनु हुँदैन ।’ यहि सोचका साथ मेगाले प्रविधि र कर्मचारीको तालिममा लगानी गरिरहेको छ । राष्ट्र बैंकले पनि ३ प्रतिशत पुँजी कर्मचारीको वृत्ति विकासमा लगानी गर्नु भनेको छ
गण्डकी विकाससंगको मर्जरपछि वित्तीय आकार बढ्दै
मेगाले गण्डकी विकास बैंकलाई करीब चार महिनापछि प्राप्ती गर्दैछ । यसपछि बैंकका शाखा ६६ जिल्लामा पुग्छन् । निक्षेप १ खर्ब रुपैयाँ पुग्छ । मेगाले पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरिसकेको छ । जब राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/०७३ मा पूँजी वृद्धिको योजना ल्यायो, तब बैंकले आन्तरिक रुपमै पूँजी बढायो ।
ठुला परियोजनाहरुमा लगानी नगरी डबल डिजिटको आर्थिक वृद्धि पाउन नसकिने उनी स्वीकार गर्छिन् । शुरुमा २ अर्बबाट ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बैंकलाई कठिन थियो । त्यो बैंकले पूरा गरिसके । विगत २/३ वर्ष यता बैंकले ठुला लगानी सम्झौता पनि गरेका छन् ।
त्यतिबेला मर्जर नगरी आन्तरिक रुपमै पूँजी बढाउने निर्णय नगरको भए हुन्थ्यो भन्ने लाग्छ उनीलाई । ठूला परियोजनामा लगानी गर्न बैंकको क्षमता पनि ठूलै हुनुपर्छ । त्यसको उत्तम उपाय विग मर्जर नै रहेको उनी बताउछिन् । उनी भन्छिन ‘ठूला परियोजनामा लगानी गर्न बैंक पनि ठुलै चाहिन्छ भन्ने कुराले मर्जरप्रति सबै बैंक सकारात्मक छन् । अपरेशन रिक्स कम गर्न विग मर्जर अति आवश्यक छ भन्ने पनि बैंकले बुझेका छन् ।’
ठुला परियोजनाहरुमा लगानी नगरी डबल डिजिटको आर्थिक वृद्धि पाउन नसकिने उनी स्वीकार गर्छिन् । शुरुमा २ अर्बबाट ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बैंकलाई कठिन थियो । त्यो बैंकले पूरा गरिसके । विगत २/३ वर्ष यता बैंकले ठुला लगानी सम्झौता पनि गरेका छन् ।
लगानी गर्ने क्षमता विस्तार भइरहेका छन् । गत वर्षतिर छोटो समयमै पूँजी वृद्धि गर्नुपर्ने भएका कारण बजारमा केहि समसया देखिएको उनको बुझाई छ । उनी भन्छिन् ‘अहिले बैंकिङ प्रणालीमा सहज अवस्था छ ।’