काठमाडौैं। विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको ‘द क्लिफ’ पहिलो पटक अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गरेको छ। धार्मिक गन्तव्य केरलामा भारतीय व्यवसायीको लगानीमा ‘द क्लिफ इन्डिया’ले बन्जीजम्प सञ्चालन गरेको हो।
क्लिफका अध्यक्ष राजु कार्कीले भारतमा आफ्नो उपस्थिति जनाउन लागेको पुष्टि गरे। भारतमा सञ्चालन हुने बन्जीमा द क्लिफ नेपालले नै व्यवस्थापन गर्नेछ। भारु करिब ४० करोड लगानीमा निर्माण भएको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुनेछ। माघ ७(जनवरी २१)मा सफ्ट लन्चको तयारी गरेको क्लिफको उचाइ ८० मिटरको रहनेछ। त्यसलाई क्रेन बन्जीको नामकरण गरिएको छ।
पछि आफ्नै संरचना तयार गरी बन्जी सञ्चालनमा आउनेछ। दोस्रो चरणमा सञ्चालनमा आउने बन्जीको उचाइ १६० मिटरको हुनेछ। यो उचाइ भारतको पहिलो अग्लो बन्जी हुने अध्यक्ष कार्कीको दाबी छ।
अहिले केरलामा पनि नेपालकै जस्तै स्काईवाक, स्विङ (पिङ), स्वीमिङ पुल र रेस्टुराँ निर्माण गरिएको छ। बन्जी गर्न आउनेलाई विभिन्न किसिमका सुविधा दिने उद्देश्य द क्लिफले राखेको छ। योसँगै केरलाका अन्य तीन ठाउँमा पनि बन्जी सञ्चालन गर्ने तयारी द क्लिफको छ।
भारतमा सञ्चालन हुने बन्जीमा द क्लिफ नेपालले नै व्यवस्थापन गर्नेछ। भाारु करिब ४० करोड लगानीमा निर्माण भएको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुनेछ।
मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा सञ्चालित बन्जी द क्लिफ देखेपछि त्यहाँका व्यवसायीले चासो राखेका थिए। आफ्नो क्षेत्रमा पनि बन्जी सञ्चालन गर्न सकिने विषयमा त्यहाँका व्यवसायीले चासो राखेपछि क्लिफको टिम केरलामा सम्भाव्यता अध्ययनका लागि गएको थियो।
भौगोलिक दृष्टिले राम्रो रहेको हुँदा क्लिफले आफ्नो शाखा केरलामा खोल्ने निर्णयमा पुगेको बताइन्छ। ‘द क्लिफलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा फैलाउने तयारी गरिरहेका बेला भारतीय लगानीकर्ताले राखेको प्रस्ताव स्वीकारेका हौं,’ अध्यक्ष कार्कीले भने, ‘भारतमा हाम्रो उपस्थिति मुलुककै लागि गर्वको विषय हो।’
मुलुकभित्रै रोजगारी सिर्जना गर्न पछिल्लो समय एडभेन्चर टुरिजमले राम्रो साथ दिइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति जनाउन सक्दा खुसी लागेको अध्यक्ष कार्कीको भनाइ छ। ‘नेपालको सिप र प्रविधिलाई विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्नु आफैंमा सुखद हो,’ अध्यक्ष कार्कीले भने।
अहिले केरलामा पनि नेपालकै जस्तै स्काईवाक, स्विङ (पिङ), स्वीमिङ पुल र रेस्टुराँ निर्माण गरिएको छ। बन्जी गर्न आउनेलाई विभिन्न किसिमका सुविधा दिने उद्देश्य द क्लिफले राखेको छ। योसँगै केरलाका अन्य तीन ठाउँमा पनि बन्जी सञ्चालन गर्ने तयारी द क्लिफको छ।
कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काई साइक्लिङ, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काई क्याफेलगायत गतिविधि सञ्चालनमा छन्।