काठमाडौं। घट्दो ब्याजदर र मुद्रास्फीति, बलियो बन्दै गएको बाह्य क्षेत्र, सबै बिमा कम्पनीले कुल लगानीको १० प्रतिशतसम्म सूचीकृत (पब्लिक) कम्पनीको सेयर किन्न सक्ने सुविधा र मौद्रिक नीति थप लचिलो बन्दै वित्तीय संस्थाले सेयर खरिद गर्न सक्ने व्यवस्था हुने अपेक्षाका कारण दिनप्रतिदिन सेयर बजारले नयाँ उचाइ बनाउने दिशामा अघि बढेको छ।
थोरै घट्ने र धेरै बढ्ने पछिल्लो चरणको सेयर बजारको विशेषता हो। २०८० मंसिर २० मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक न्यूनतम १८३०.३१ अंकमा झरेको थियो। तर, कारोबार बन्द हुँदा १८३७.७१ अंकमा रोकियो। त्यसयता केही घटबढ भए पनि २५ कारोबार दिन (१५ दिन बढेको र १० दिन घटेको) मा बजार सूचक नेप्से २९०.३१ अंकले बढेर गत बिहीबार २१२०.६२ अंकमा रोकिएको थियो।
पछिल्लो समय १८०० बिन्दुकै वरिपरि घुमिरहेको नेप्से सूचक र करोडमा खुम्चिएको कारोबार रकमले लगानीकर्ताको आत्मविश्वास गुम्दै गएको थियो। तर, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केही खुकुलो नीति लिएसँगै सेयर बजारमा उछाल आएको हो।
२०७८ भदौ २ मा नेप्से सूचक ३१९८.६ अंकमा रोकिएपछि निरन्तर घट्न सुरु गरेको थियो। त्यतिबेला २१ अर्ब रुपैयाँसम्म दैनिक कारोबार भइरहेको थियो।
पछिल्लो समय १८०० बिन्दुकै वरिपरि घुमिरहेको नेप्से सूचक र करोडमा खुम्चिएको कारोबार रकमले लगानीकर्ताको आत्मविश्वास गुम्दै गएको थियो। तर, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केही खुकुलो नीति लिएसँगै सेयर बजारमा उछाल आएको हो।
मौद्रिक नीति समीक्षाको पहिलो कारोबार दिन मंसिर २४ आइतबार १११.२० अंक अर्थात् ६ प्रतिशतले नेप्से बढेर पूरा दिन कारोबार हुन सकेन। कारोबार प्रवृत्ति, कारोबार रकम, बजारका विषयमा आएका एकपछि अर्को सकारात्मक खबर र लगानीकर्तामा देखिएको उत्साहले बजार सूचक छिट्टै २२०० को अवरोध छिचोलेर अघि बढ्ने देखिन्छ। यद्यपि एकाध दिन बजार केही घट्न पनि सक्छ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको थियो भने ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याएको थियो।
मौद्रिक नीति समीक्षाको पहिलो कारोबार दिन मंसिर २४ आइतबार १११.२० अंक अर्थात् ६ प्रतिशतले नेप्से बढेर पूरा दिन कारोबार हुन सकेन। कारोबार प्रवृत्ति, कारोबार रकम, बजारका विषयमा आएका एकपछि अर्को सकारात्मक खबर र लगानीकर्तामा देखिएको उत्साहले बजार सूचक छिट्टै २२०० को अवरोध छिचोलेर अघि बढ्ने देखिन्छ।
बजार बढ्ने आधार
घट्दो ब्याजदर (आधार दर एकल बन्द (तल)
बाह्य आर्थिक सूचकांक झनै मजबुत
घट्दो मुद्रास्फीति
मैद्रिक नीति थप लचक हुने अपेक्षा
बिमकहरुले लगानीको १० प्रतिशत सूचीकृत कम्पनीको सेयर किन्न सक्ने व्यवस्था
ब्रोकर कमिसन घट्ने सम्भावना
त्यसैगरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो। यसले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजको दरलाई घटाएका छन्। यसबीचमा निक्षेप र कर्जाको ब्याजदर औसतमा १ प्रतिशतले घटेको छ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार औसतमा आधार ब्याजदर एक अंकमा सीमित भएको छ। त्यस्तै, राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिएपछि कर्जा असुलीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। त्यसैकारण पुसमा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात (एनपिएल) खासै नबढ्ने विश्वास गरिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान अवस्थाअनुसार ५ महिनासम्म मुद्रास्फीति घट्दो क्रममा छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति भदौमा ८.१९ प्रतिशत रहेकामा मंसिरमा घटेर ४.९५ प्रतिशतमा झरेको छ । अर्थतन्त्रका बाह्य सूचकांक मजबुत भएका छन्।
करिब डेढ वर्षलाई धान्न पुग्ने वैदेशिक मुद्रा सञ्चिति केन्द्रीय बैंकसँग छ। विप्रेषण आप्रवाह अमेरिकी डलरमै २३.१ प्रतिशतले बढेको छ। पर्यटक आगमनमा पनि उल्लेख्य सुधार भएको छ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार औसतमा आधार ब्याजदर एक अंकमा सीमित भएको छ। त्यस्तै, राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिएपछि कर्जा असुलीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
पुस अन्तिम साता नेपाल बिमा प्राधिकरणले बिमा कम्पनी (बिमक) को लगानीसम्बन्धी निर्देशिका संशोधन गर्दै नेप्सेमा सूचीकृत प्रत्येक कम्पनीमा यसअघिको ५ प्रतिशत मात्रै सेयर किन्न सक्ने व्यवस्थालाई सच्याएर १५ प्रतिशतसम्म (संस्थापक तथा सर्वसाधारण समूह) सेयर किन्न सक्ने सुविधा दिएको छ। यस्तो लगानी साधारण सेयरतर्फ १० प्रतिशतसम्म गर्न पाइनेछ। तर, यस्तो लगानी प्रत्येक बिमकको कुल लगानीको १० प्रतिशतभन्दा बढी हुनु नहुने व्यवस्था छ।
हाल २ पुनर्बिमा, १४ जीवन, १४ निर्जीवन र ७ लघुबिमा गरी ३७ बिमा कम्पनी सञ्चालनमा छन्। लगानीकर्ताले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाले पनि सूचीकृत कम्पनीमा लगानी गर्ने गरी बाटो खोलिदिने विश्वास लिइरहेका छन्। त्यसअनुरुपको सुझाव केन्द्रीय बैंकलाई दिइरहेका छन्। यसले पनि आगामी सेयर बजारमा अझ चमक आउने विश्वास गरिएको छ।
केही समयअघि नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ। ढिलोचाँडो ब्रोकर कमिसन घटाउनैपर्नेछ, जुन लगानीकर्ताका लागि सकारात्मक विषय हो। यस्ता अनेकन सकारात्मक विषय रहेका बेला लगानीकर्ता पनि त्यत्तिकै सतर्क हुनुपर्छ।
कम्पनीको यथार्थ बुझेर लगानी गर्न सके पछि पछताउनु पर्दैन। तथापि अधिकांश कम्पनीले लाभांश वितरण गरिसकेकाले अबको केही समय बिनालाभका कम्पनी पाल्नुपर्ने अवस्था पनि छ। लगानीकर्ताले यसतर्फ पनि ध्यान दिनुपर्छ।
छोटेलाल रौनियार, लगानीकर्ता
साढे दुई वर्षअघि ३ हजार २ सय २७ को अंकमा रहेको सेयर बजार घटेर १ हजार ८ सयसम्म आइपुगेको थियो। सामान्यतया १ हजार ८ सयदेखि २ हजारको बीचमा बजार चलिरहेको थियो। केही समयसम्म सय डेढ सय अंकको मात्रै परिवर्तन भएर बजार चलिरहेको थियो। हुन त बजार सधंै एकनासे हुँदैन। मेरो विचारमा अब सेयर बजार बढ्ने देखिन्छ। बैंकको ब्याजदर बढ्यो भने सेयर बजार घट्छ र ब्याजदर घट्यो बजार बढ्छ। यी दुई बीचमा यस्तो किसिमको विपरीत सम्बन्ध छ।
पहिला ७÷८ प्रतिशत रहेको ब्याजदर बढेर दुई वर्ष अगाडि १७÷१८ प्रतिशतसम्म पुग्यो। यसरी ब्याजदर माथिल्लो अंकमा पुगेपछि बजार निरन्तर घट्न थाल्यो। बजार घटेर १८ सयसम्मको बिन्दुमा आइपुग्यो। अहिले ब्याजदर घटेर १२ प्रतिशतमा आइपुगेको छ।
डिपोजिट ब्याजदर सिंगल डिजिट अर्थात् ९ प्रतिशत हाराहारी झरेको छ। ब्याजदर निरन्तर घट्नेक्रममा छ। अहिले बैंकको सिडी रेसियो ८० भन्दा तल छ। बैंकसँग करिब ६÷७ खर्ब रुपैयाँ लगानी हुनुपर्ने पैसा थुप्रिएको छ। मानिस संस्थागत क्षेत्रको ऋण (लोन) लिन गएका छैनन्। हाल ८१÷८२ अर्ब मात्रै सेयर बजारमा ऋण रहेको छ। धेरै ऋण अझै जान बाँकी छ। व्यापार उद्योगले पनि ऋण नलिएको अवस्थाका कारण राष्ट्र बैंकले बजारबाट पैसा तानिरहेको छ। बैंकलाई लगानी गर्ने ठाउँ छैन। यसकारण डिपोजिटको ब्याजदर घटेको छ। अब लेन्डिङ पनि घट्ने क्रममा देखिन्छ। यसर्थ, यसमा पनि ब्याजदर घट्ने भएकाले सेयर बजारप्रति मानिसको आत्मबल केही बलियो भएर आएको छ।
लगानीकर्ताको आत्मबल बलियो भएका कारण हाल प्रतिदिन ४ देखि ७ अर्बसम्मको कारोबार भएको छ, यो राम्रो संकेत हो। बजार पनि करिब ३ सय अंकले बढिसकेको छ। हाल केन्द्रीय बैंकसँग वैदेशीक मुद्रासञ्चिति करिब १६÷१७ महिनासम्मलाई पुग्नेछ। पछिल्लो समय मुद्रास्फीति पनि धेरै छैन। नियन्त्रित अवस्थामा छ। यी सबै कुरालाई हेर्दा अब बजार सकारात्मक दिशातर्फ अगाडि बढ्ने देखिन्छ।
हाल कुल गार्हस्थ उत्पादन पनि ५ प्रतिशत हाराहारी पुग्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। आइएमएफले पनि यही हाराहारी आँकलन गरेको छ। अहिले आर्थिक सूचकांक सकरात्मक छन्। यसकारण पुँजी बजार बढ्ने देखिन्छ। यद्यपि, हामीले ३ सय ६५ दिनको औसत वृद्धि हेर्ने हो भने सबै तल बसिरहेको देखिन्छ। बैंकको सेयर भने घटेको छ।
२० वर्षभन्दा बढी चलेका बैंकको अहिले सेयर १ सय ६० रुपैयाँ हाराहारी पाइरहेको अवस्था छ। जलविद्युत, बिमा कम्पनीको सेयर मूल्य पनि सस्तो छ। १३ वटा सूचक (इन्डेक्स)मा अधिकांशको अवस्था त्यस्तै छ। यसबाट पनि अहिले लगानी गर्ने समय भएको पुष्टि हुन्छ। पिई रेसियो हेर्ने हो भने १०÷१२ मा आइपुगेको छ।
बैंकमा पैसा जम्मा गरे ५ वा ७ प्रतिशतसम्म ब्याज पाइन्छ तर सेयरमा लगानी गरेको खण्डमा कम्तीमा १२÷१३ प्रतिशत पाइन्छ। हाल अधिकांश सेयर न्यून मूल्यमा रहेकाले बजार बढ्दा आम्दानी बढ्छ। सेयर बजारप्रति हिजोका दिनमा नागरिकमा नकरात्मक धारणा थियो। १ हजार ८ सय बिन्दुमा बजार हुँदा १ हजार ५ सयसम्म झर्ने कुरा हुन्थ्यो। तर, अहिले त्यो धारणा र अवस्था परिवर्तन भएको छ।
राधा पोखरेल, अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ
केही समय अगाडिसम्म लगानीकर्तामा एक किसिमको निरासा छाएको थियो। तर, नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षामा अपनाएको लचकताकाले लगानीकर्ताको मनोबल बढाएको देखिन्छ। केन्द्रीय बैंकले समीक्षामार्फत घरजग्गा र सेयर बजारमा केही लचकता अपनाएको थियो। यसलगत्तै ब्याजदर घट्ने संकेत देखिएको थियो। हालसम्म पनि ब्याजदर घटिरहेको अवस्था छ।
ब्याजदर र सेयर बजारबीचमा निकटको सम्बन्ध हुन्छ। अर्थात्, ब्याजदरमा भएको फेरबदलको प्रभाव सेयर बजारमा पनि पर्दछ। ब्याजदर घट्दै गएपछि सेयर बजार राम्रो हुन्छ भन्ने प्रभाव लगानीकर्तामा परेको छ। हुन त, पुसमा बजारमा बढी आर्थिक दबाब पर्ने गरेको देखिन्छ। यो पुस सकिएकाले पनि अब सेयर बजार थप राम्रो हुने आकलन गरेकी छु। अघिल्ला वर्षका उदाहरण हेर्ने हो भने पनि माघदेखि सेयर बजार राम्रो ढंगले अघि बढेको पाइन्छ।
लामो समय बजार घटिरहेको अवस्थामा अब भने ब्याजदर घटेको र लगानीकर्ताको मनोबल बढेर कारोबार पनि बढेको अवस्थामा बजार सकारात्मक दिशातर्फ अगाडि बढ्ने देखिन्छ। यद्यपि, नियामक निकाय, नीति निर्माताले कस्तो किसिमको नीति बनाउँछन् र धारणा राख्छन् भन्ने विषय महत्त्वपूर्ण हुन्छ। अन्यथा, हाल देखिएको बजारको सकरात्मकता स्थायी हुने पनि देखिन्छ। अहिलेको अवस्थालाई हामीले व्याख्या गर्दै गर्दा अब बजार राम्रो हुँदै जाने आकलन गर्न सकिन्छ।