काठमाडौं । चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ।
अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो। तर, यस अवधिमा लक्ष्यको ७७ प्रतिशत संकलन छ।
पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिनामा आयकरको पहिलो किस्ता (४० प्रतिशत) संकलन हुन्छ।
सोही कारण सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने लक्ष्यको ५४ अर्ब रुपैयाँ कम भएको छ। राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको उनले जानकारी दिए। गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ रजस्व उठेको थियो।
सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो। यसअनुसार यस वर्ष पनि लक्ष्य भने पूरा नहुने देखिएको छ।
केमा देखियो असर ?
यस वर्ष आन्तरिक अन्तःशूल्कमा सबैभन्दा बढी कमी देखिएको छ। आयातमा गत आव र यस वर्ष उस्तै प्रकृतिमा राजस्व गिरावट छ। तर यस वर्ष आन्तरिक अन्तःशूल्कमा भने सबैभन्दा धेरै गिरावट आएको छ।
आन्तरिक अर्थतन्त्र विस्तार भइरहेको संकेत राजस्व वृद्धिदरले गरेको भन्दै उनले आगामी ६ महिनाका लागि अर्थ मन्त्रालयले अब थप रणनीति बनाउन लागेकाे छ।
चुरोट र वियरबाट संकलन हुने अन्तःशूल्क प्रभावित भएको छ। विद्युतीय चुरोटको प्रभाव देखिएको हुन सक्ने भन्दै यसमा पनि रिभ्यू गर्नुपर्ने देखिन्छ।