काठमाडौं। चौधरी ग्रुपले आर्थिक वर्ष २०७९÷०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ। उक्त रकम सरकारको कुल राजश्वमा १ दशमलश ८७ प्रतिशत हुने चौधरी ग्रुपका प्रवक्ता मधूसुधन पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान देखिन्छ। अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकेको अवस्थामा चौधरी ग्रुपको योगदान उच्च रहेको हो।
यद्यपी, राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोबारमा परेको असरका कारण आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमि आएको हो। उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो। यसरी हेर्दा आव २०७८÷२०७९ मा भन्दा आव २०७९÷०८० मा कर १ अर्ब ५८ करोड रुपैयाँले कमी हो।
‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई खुसी लागेको छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्छ भन्नेमा हाम्रो विश्वास छ।’
अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजस्वको दायरा फराकिलो बनाउदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताए। साथै यस्तो सोचबाट राजस्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि उनले जोड दिएका छन्।
चौधरी ग्रपका अनुसार विगत ५ वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ। आर्थिक वर्ष २०७५÷७६ मा ११ अर्ब ६७ करोड, २०७६÷७७ मा ९ अर्ब ८७ करोड, २०७७÷७८ मा १४ अर्ब २८ करोड, २०७८÷७९ मा १७ अर्ब ७२ करोड र २०७९÷८० मा १६ अर्ब १४ करोड कर तिरेको हो।
चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गर्दै आएको छ। खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तिय क्षेत्र, अटोमोवाईल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्म लगानी विस्तार गर्दैछ। ‘नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पु¥याउन चाहान्छौँ’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्छन् ‘हाम्रो ग्रुप १ सय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ र हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ। यसबाट देशको समावेशी विकासमा योगदान पुग्छ भन्ने हाम्रो विश्वास छ।’
नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ। करदाताको रुपमा व्यवसायमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन।
कम्पनी आफैंले राजस्वमा योगदान गरेको विवरण सार्वजनिक गर्दा जनमानसमा भ्रम परेको भन्दै चैधारी ग्रुपले सरकारी स्तरबाटै व्यवसायीक ग्रुपहरूले तिरेको करको गणना उवं सार्वजनिक गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।