काठमाडौं। त्रिभुवन विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानमार्फत हुने यात्रु आवागमन ३०.१८ प्रतिशतले बढेको विवरण सार्वजनिक गरेको छ। सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेको कार्यालयले जानकारी दिएको हो।
यो संख्या अहिलेसम्मकै उच्च रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। कार्यालयका अनुसार एक वर्षे अवधिमा अन्तर्राष्ट्रिय उडान संख्या ३१ हजार ४६० पुगेको छ। जबकि यो तथ्यांक गत वर्षको तुलनामा २९.४० प्रतिशत बढी हो।
सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी ८६ लाख ९१ हजार ४ सय ४३ यात्रुले हवाई यात्रा गरेका छन्। सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ ले हवाई यात्रा गरेका थिए।
आन्तरिकतर्फ यात्रु आउजाउ तथा उडान अवतरण घटेको छ भने कार्गो आवागमन गत वर्षको तुलनामा बढेको छ।तिवारीका अनुसार अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी ८६ लाख ९१ हजार ४ सय ४३ यात्रुले हवाई यात्रा गरेका छन्। सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ ले हवाई यात्रा गरेका थिए।
कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए। विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ ले हवाई यात्रा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशत बढी हो।
‘कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा ९.२ प्रतिशतले यात्रु संख्या वृद्धि भएको छ’, उनले भने। सन् २०२३ मा अन्तर्राष्ट्रिय उडान अवतरण ३१ हजार ४६० (गत वर्षको तुलनामा २९.४० प्रतिशतले) वृद्धि भएको छ।
नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ। हाल अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेको कार्यालयले जनाएको छ।
आन्तरिक हवाई यात्रुको संख्या गत वर्षको तुलनामा यो वर्ष ७.०७ प्रतिशतले कम भएको छ। सन् २०२३ मा ४१ लाख ५० हजार ३२६ यात्रुले आन्तरिक विमानस्थलबाट आउजाउ गरेका छन्। उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार ९८९ उडान अवतरण भएका छन्।
नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ। हाल अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेको कार्यालयले जनाएको छ।