काठमाडौं। सातामा पाँचै दिन खुलेको सेयर बजारको नेप्से परिसूचकमा ३९.७१ अंक बढोत्तरी भएको छ। नेप्सेका अनुसार गत साता २०४९.२८ बिन्दुमा बन्द भएको बजार यो साता ३९.७१ अंकले बढेर २०८८.९९ बिन्दुमा उक्लिएको हो।
यो साता पाँच दिन खुलेको सेयर बजारमा तीन दिन वृद्धि भयो भने दुई दिन घटेको छ। नेप्से परिसूचक बढेसँगै कारोबार पनि बढेको छ। यो साता सेयर बजारमा २४ अर्ब ७४ करोडको कारोबार भएको छ। गत साता परिसूचक १९.६१ अंकले घटेको थियो भने १७ अर्ब ८५ करोडको कारोबार भएको थियो।
गत साता ३ कारोबार दिन घटेको बजार साढे २ हजार बिन्दुमा अडिएको थियो। यो साता साढे २ हजार बिन्दु उकालो लागेको बजारले २ हजार १ सय बिन्दु छोएको छ।
यो साता १.९४ प्रतिशतले बजार बढेको छ। करेक्सन हुँदै गरेको बजार दिगो र दीर्घकालीन हुने सेयरविज्ञको बुझाइ छ।राष्ट्र बैंकका अनुसार यतिबेला बैंकिङ प्रणालीमा ६ खर्ब लगानीयोग्य रकम (तरलता) देखिएको छ। यद्यपि बैंकमा तरलता थपिँदै जादा सोहीअनुरुप कर्जा प्रवाह भने बढ्न सकेको छैन।
राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच महिना अर्थात मंसिर मसान्तसम्म सेयर धितो कर्जा ६.४ प्रतिशत अर्थात् ४ अर्ब ८८ करोड थपिएको छ। यसले गर्दा पनि सेयर बजारलाई बढाउन टेको दिएको जानकार बताउँछन्।
अन्यत्र कर्जा माग नदेखिएकै कारण बैंकहरु सेयर धितोमा केन्द्रित भएका छन्। राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच महिना अर्थात मंसिर मसान्तसम्म सेयर धितो कर्जा ६.४ प्रतिशत अर्थात् ४ अर्ब ८८ करोड थपिएको छ। यसले गर्दा पनि सेयर बजारलाई बढाउन टेको दिएको जानकार बताउँछन्।
साताभर नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब पुगेको छ। यो साता कारोबार भएका १३ मध्ये १० उपसूचक बढेका छन्। डेभलपमेन्ट बैंकको उपसूचक सर्वाधिक १८९.११ अंकले बढेको छ।
यस्तै, निर्जीवन बिमा उपसूचक ३५.३४ अंकले घटेको छ। बैंकिङ उपसूचक ५.३३ र म्युचुअल फण्ड उपसूचक ०.११ अंकले बढेको छ। यो साता सर्वाधिक कमाउनेमा बोटलर्स नेपाल (बालाजु) कम्पनीका लगानीकर्ता रहेका छन्।
यो साता सर्वाधिक कारोबार सोनापुर मिनरल्स आयल र शिवम् सिमेन्ट कम्पनीको भएको छ। नेप्सेका अनुसार यो साता माग भएको सेयर सूचीको शीर्ष स्थानमा मुक्तिनाथ कृषि कम्पनी परेको छ।