काठमाडौं। गत २५ वर्षमा साढे २ सय बढी इन्टरनेट सेवाप्रदायक (आइएसपी) बन्द भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार साढे दुई दशक अवधिमा २ सय ५० बढी आइएसपी प्रतिस्पर्धामा टिक्न नसकेर बन्द भएका हुन्।
आँकडाअनुसार औसत वार्षिक १० बढी आइएसपी बन्द हुने गरेको देखिन्छ। पछिल्लो समय आइएसपी बन्द हुने क्रम झनै बढ्दो छ। २०८० वैशाखयता मात्रै फरक–फरक मितिमा १२ आइएसपी बन्द भइसकेका छन्।
अध्ययनबिनै लगानी गर्ने प्रवृत्ति असर पनि यसमा परेको छ। अहिले सानोतिनो लगानीले टिक्न सकिने बजार अवस्था छैन। तार व्यवस्थापन, पोल भाडाजस्ता भोतिक पूर्वाधारमा लगानी बढी गर्नुपरेका कारण पनि सेवाप्रदायक अप्ठेरोमा परेको खनाल सुनाउँछन्।
२०८० वैशाख १९ मा स्मार्ट टेलिकम, जेठ २९ मा कर्णाली नेटवर्क सर्भिस, भदौ १७ मा मेगा केबल नेट, भदौ २४ मा रिलायन्ट टेक्नो नेटवर्किङ प्रालिको इन्टरनेट (इमेलसहित) सेवा अनुमतिपत्र प्राधिकरणले खारेज गरेको छ।
यस्तै, यसै वर्षको असोज २९ मा हाम्रो टिभी नेट प्रालि, कात्तिक २१ मा सुर्खेत केबुल नेट टिभी प्रालि, कात्तिक २१ मै गल्कोट लिंक प्रालि, कात्तिक २४ मा एस्किना केबुल नेटवर्क प्रालि, मंसिर १४ मा हिमालयन गोरखा नेट प्रालि, मंसिर २७ मा युनाइटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेजीमा परेको छ।
एकपछि अर्को गर्दै आइएसपी बन्द हुँदै जानुको प्रमुख कारणमा अस्वस्थ प्रतिस्पर्धा नै भएको इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)का कोषाध्यक्ष तथा इस्ट लिंकका अध्यक्ष पुष्करसिंह बडाल बताउँछन्।
आँकडाअनुसार औसत वार्षिक १० बढी आइएसपी बन्द हुने गरेको देखिन्छ। पछिल्लो समय आइएसपी बन्द हुने क्रम झनै बढ्दो छ। २०८० वैशाखयता मात्रै फरक–फरक मितिमा १२ आइएसपी बन्द भइसकेका छन्।
‘उच्च प्रतिस्पर्धा र लागतभन्दा धेरै कममा सेवा प्रदान गर्ने होडबाजीका कारण सेवाप्रदायक कम्पनी अप्ठेरोमा परेको देखिन्छ,’ बडाल भन्छन्, ‘सेवाप्रदायकले लागतभन्दा धेरै कम मूल्यमा सेवा दिइरहेका छन्। सोही कारण विशेषगरी साना कम्पनी टिक्नै नसकेको अवस्था छ।’
नेपालका इन्टरनेट सेवाप्रदायकले हालको लागतभन्दा दोब्बर कम मूल्यमा सेवा दिँदै आएको बडाल बताउँछन्। अस्वस्थ प्रतिस्पर्धा र नियामकले नियमन नगर्नुको असर सेवाप्रदायकमा देखिएको बडालको बुझाइ छ। १० हजार लागतको सेवालाई ६ हजार रुपैयाँमा दिएपछि जगेडा पुँजी नभएका कम्पनी डुब्नु स्वाभाविकै भएको बडाल ठान्छन्।
यस्तै, नेपाल डिजिटल लिड्सका अध्यक्ष तथा प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दारज खनाल सेवाप्रदायकबीचको अस्वस्थ प्रतिस्पर्धा, अस्थिर सरकारी नीति र भौतिक पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने बाध्यताले सीमितबाहेकका सेवाप्रदायक बजारमा टिक्न नसकेको बताउँछन्।
‘पछिल्लो समय आइएसपीमा अस्वस्थ प्रतिस्पर्धा चलेको छ। उनीहरुबीच एकअर्कालाई सिध्याउने ढंगमा प्रतिस्पर्धा भएको देखिन्छ,’ खनालले क्यापिटल नेपालसँग भने, ‘लागत अनुमानको हिसाबै नगरी बजार तान्न सकिन्छ कि भन्ने हिसाबमा विभिन्न अफर योजना ल्याउने होडबाजी पनि छ।’
सेवाप्रदायकले अफर योजना दिएपछि त्यसलाई तीन महिना वा निश्चित अवधिसम्म चलाउने र त्यसपछि बन्द गर्ने क्रम चलिरहन्छ। यसले गर्दा पनि सेवाप्रदायकको लगानी डुब्ने गरेको छ। सेवाप्रदायकले कुनै ग्राहकमा आफ्नो सेवा विस्तार गर्दा पूर्वाधारलगायतमा लगानी गरेका हुन्छन्। तर, ग्राहकले लामो समयसम्म सेवा नलिँदा त्यसको आर्थिक भार उनीहरुमै पर्छ। यी कारणले पनि सेवाप्रदायक बजारमा टिक्न नसकेको गुनासो सञ्चालकको छ।
‘नेपाल टेलिकम र एनसेलबीच आइएसपीमा जस्तो अस्वस्थ प्रतिस्पर्धा देखिँदैन। उनीहरुले आफ्नो मार्जिन राखेर मात्रै व्यापार गरिरहेका छन्। आइएसपीमा भने यस्तो अवस्था छैन,’ खनाल भन्छन्, ‘अस्वस्थ प्रतिस्पर्धा र अफर दिने होडबाजीमा ठूला कम्पनीले घाटा खाएर पनि केही समय सेवा दिन सक्छन्। तर, अन्य साना आइएसपी टिक्न सक्दैनन्।’
ग्राहक जति लामो समयसम्म टिक्ने हुन्छन्, सेवाप्रदायकलाई पनि त्यति नै बढी फाइदा हुने खनालको तर्क छ। अध्ययनबिनै लगानी गर्ने प्रवृत्ति असर पनि यसमा परेको छ। अहिले सानोतिनो लगानीले टिक्न सकिने बजार अवस्था छैन। तार व्यवस्थापन, पोल भाडाजस्ता भोतिक पूर्वाधारमा लगानी बढी गर्नुपरेका कारण पनि सेवाप्रदायक अप्ठेरोमा परेको खनाल सुनाउँछन्।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०५६/५७ देखि आर्थिक वर्ष २०६९/७० सम्म ७५ इन्टरनेट सेवाप्रदायकले अनुमति लिएका छन्। यीमध्ये ३२ सेवाप्रदायक बन्द हुँदा २०६९/७० अन्त्यसम्म ४३ सेवाप्रदायक सञ्चालनमा थिए। तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ मा पाँच इन्टरनेट सेवाप्रदायकलाई अनुमति दिइएको थियो भने चार कम्पनी खारेजीमा परेका थिए। २०७१÷७२ मा एउटा सेवाप्रदायकलाई अनुमति दिइएको थियो।
अध्ययनबिनै लगानी गर्ने प्रवृत्ति असर पनि यसमा परेको छ। अहिले सानोतिनो लगानीले टिक्न सकिने बजार अवस्था छैन। तार व्यवस्थापन, पोल भाडाजस्ता भोतिक पूर्वाधारमा लगानी बढी गर्नुपरेका कारण पनि सेवाप्रदायक अप्ठेरोमा।
प्राधिकरणबाट आर्थिक वर्ष २०७४/७५ मा इन्टरनेट सेवा सञ्चालनका लागि २६ वटा अनुमतिपत्र जारी गरिएका थिए। योसँगै प्राधिकरणबाट २०७४/७५ अन्त्यसम्म इन्टरनेट सेवा सञ्चालन लागि अनुमति दिइएको सेवाप्रदायकको संख्या १ सय ३४ पुगेको थियो। त्यसमध्ये ३८ वटाको अनुमतिपत्र खारेज हुँदा ९६ कम्पनीले सेवा दिइरहेका थिए।
२०७४/७५ मा मात्रै प्राधिकरणबाट २६ वटा नयाँ कम्पनीले अनुमतिपत्र लिएका थिए। त्यसपछि आर्थिक वर्ष २०७६\७७ मा इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनका लागि १६ कम्पनीले अनुमति लिँदा दुई कम्पनी बन्द भएको देखिन्छ।
आर्थिक वर्ष २०७७/७८ मा इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनका लागि चार र आर्थिक वर्ष २०७८/७९ मा ९ कम्पनीले अनुमति लिएका थिए। यस अवधिमा एउटा सेवाप्रदायकको अनुमतिपत्र खारेज हुँदा अनुमतिपत्र प्राप्त गर्नेको संख्या १ सय ३७ पुगेको थियो।
प्राधिकरणको पछिल्लो अर्थात् २०८० भदौसम्मको प्रतिवेदनअनुसार ग्राहक संख्या बढी हुने सेवाप्रदायकमा वल्र्ड लिंक अग्र स्थानमा छ। भदौसम्म वल्र्ड लिंकको ग्राहक संख्या ८ लाख ११ हजार ९ सय ९७ पुगेका छन्।
यद्यपि, स्थापनाको छोटो समयमै डिस मिडिया नेटवर्क (डिसहोम)ले ग्राहक संख्यामा उल्लेख्य सुधार गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ। भदौसम्मको तथ्यांकअनुसार डिसहोमका ग्राहक ३ लाख १७ हजार ३१ पुगेका छन्। साउनसम्म २ लाख २९ हजार ६ सय ४६ ग्राहक थिए। एकमहिने अवधिमा डिसहोमले ८७ हजार बढी नयाँ ग्राहक थपेको देखिन्छ।
डिसहोमपछि तेस्रो नम्बरमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का ग्राहक २ लाख ९५ हजार ६ सय ६१, चौथो नम्बरमा क्लासिक टेक प्रालिका २ लाख ८५ हजार ४ सय ६६ र पाँचौं नम्बरमा सुबिसु केवलनेटका ग्राहक २ लाख ८३ हजार १ सय २२ पुगेका छन्।
स्थापनाको छोटो समयमै डिस मिडिया नेटवर्क (डिसहोम)ले ग्राहक संख्यामा उल्लेख्य सुधार गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ। भदौसम्मको तथ्यांकअनुसार डिसहोमका ग्राहक ३ लाख १७ हजार ३१ पुगेका छन्।
त्यस्तै, भायनेट कम्युनिकेसनका २ लाख ६४ हजार ८३, वेबसफर नेपाल कम्युनिकेसनका १ लाख ५३ हजार १ सय ५२, टेकमाइन्ड्स नेटवर्क प्रालिका १ लाख १७ हजार ९ सय ९८, सिजी कम्युनिकेसनका ५८ हजार ३ सय ३४ र ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसनका ४८ हजार ६ सय ९८ ग्राहक पुगेको तथ्यांक प्राधिकरणसँग छ। तथ्यांकअनुसार केही सीमति कम्पनीमा मात्रै धेरै ग्राहक रहेका कारण पनि नयाँ कम्पनी बजारमा टिक्न नसकेको देखिन्छ।