काठमाडौं। कोशी प्रदेशको राजधानी विराटनगरमा पाँचतारे होटल निर्माण भइरहेको छ।
शुभ इन्टरनेसनल हस्पिटालिटी प्राइभेट लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ लगानीमा पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेको हो। होटल आउँदो असारदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ।
होटल भारतको प्रसिद्ध ब्रान्ड ‘लेमन ट्री प्रिमियर’ को नाममा सञ्चालन हुने भएको छ। होटलको व्यवस्थापन कर्निसन होटल्स प्राइभेट लिमिटेडले लिएको छ। होटलमा ४७ प्रतिशत संस्थापकको स्वपुँजी लगानी र बाँकी ५३ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ।
शुभ इन्टरनेसनल हस्पिटालिटी प्राइभेट लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ लगानीमा पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेको हो। होटल आउँदो असारदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ।
हालसम्म होटलको ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। प्रस्तावित पाँचतारे होटलमा ८० वटा कोठाहरु हुने भएका छन्। पहिलो चरणमा ५६ कोठा सञ्चालनमा ल्याउने तयारी होटलको छ। लेमन ट्री प्रिमियर भारतको राम्रो ब्रान्ड भएकाले होटललाई यसबाट राम्रो लाभ हुने अपेक्षा गरिएको छ।
नेपाल–भारत सिमाना नजिक विराटनगरमा भएकाले लोकेसनबाट पनि होटलले फाइदा लिन सक्नेछन्। भारतीय ब्रान्ड लेमन ट्री प्रिमियरको नाममा सञ्चालन हुने भएकाले भारतीय पर्यटक आउने अपेक्षा गरिएको छ।
कर्निसन होटल लेमन ट्री होटल लिमिटेडको सहायक कम्पनी हो। यो भारतको नयाँ दिल्लीलगायत ५० स्थानमा छ। भारतीय बजारमा विभिन्न ब्रान्डह जस्तै लेमन ट्रीमार्फत स्थापित छ।
प्रिमियर, सिट्रस क्याफे र रिपब्लिक अफ नुडल्स र भारतभर ५० भन्दा बढी स्थानहमा सञ्चालनमा छ। कम्पनीले ७९ करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
होटलको ५४ प्रतिशत ऋण लगानी निश्चित भएको छ। शुभ इन्टरनेसनल हस्पिटालिटी सन् २०११ मा स्थापना भएको हो। पहिला नेपाल बजार डिपार्टमेन्ट स्टोर रहेको थियो।
पहिला ५६ कोठाको होटल बनाउने तयारी गरिएको थियो। त्यसबेला १ अर्ब २८ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको थियो। होटलको कोठा क्षमता बढाएर ८० पुर्याएपछि लागत पनि बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो।
सन् २०१९ मा नेपाल बजार बन्द भयो। होटलमा कविन श्रेष्ठ, विनयकुमार अग्रवाल चौधरी, सीतादेवी चौधरी अग्रवाल र गंगा खतिवडाको लगानी छ।
होटलमा कविन्द्रको २५, विनयको ३०, सीतादेवीको ४० र गंगाको ५ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीको अध्यक्षमा कविन छन्।