काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ।
पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइने भएको हो।
बैंकले रेमिट्यान्स कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले क्यास ब्याक योजनाअन्तर्गत ग्राहकले २५,००० रुपैयाँसम्म पैसा पठाउँदा १००, ५०,०० सम्म पैसा पठाउँदा २०० र ५०,०० बढी पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। योजना जनवरी ३१, २०२४ सम्म लागू रहने कम्पनीले जनाएको छ।
बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँसम्म थप गरिदिनेछ।
ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले क्यास ब्याक योजनाअन्तर्गत ग्राहकले २५,००० रुपैयाँसम्म पैसा पठाउँदा १००, ५०,०० सम्म पैसा पठाउँदा २०० र ५०,०० बढी पैसा पठाउँदा २५० रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन्।
बैंकले हाल देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० बढी सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।