काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ७ घन्टा लोडसेडिङ सुरु गरेको छ। प्राधिकरणले औद्योगिक ग्राहकलाई बिहान ४ घन्टा र बेलुका ३ घन्टा लोडसेडिङमा बस्न मौखिक निर्देशन दिएको हो।
एकातिर भारतलाई १० हजार मेगावाट बिजुली निर्यात सम्झौता गरेको सरकारले अर्कोतिर औद्योगिक क्षेत्रमा धमाधम लोडसेडिङ सुरु गरेको हो।
लिखित रुपमा लोडसेडिङ सेड्युल सार्वजनिक गर्दा सर्वसाधारणमाझ अलोकप्रिय हुने भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मौखिक आदेश दिँदै लोडसेडिङ गराएका हुन्।
एकातिर भारतलाई १० हजार मेगावाट बिजुली निर्यात सम्झौता गरेको सरकारले अर्कोतिर औद्योगिक क्षेत्रमा धमाधम लोडसेडिङ सुरु गरेको हो।
अहिले हेटौंडा औद्योगिक क्षेत्रमा बिहान ४ घन्टा र बेलुका ३ घन्टा विद्युत् कटौती हुन थालेको छ। वीरगञ्ज औद्योगिक क्षेत्रमा पनि बिहान ४ घन्टा र बेलुका ४ घन्टा बिजुली कटौती भइरहेको छ।
भैरहवा क्षेत्रमा पनि प्राधिकरणले लोडसेडिङ गर्न थालेको छ। त्यहाँ अहिले दैनिक ७ घन्टा बिजुली कटौती भइरहेको उद्योगीले जनाएका छन्। त्यसैगरी विराटनगरमा पनि लोडसेडिङ सुरु गरिएको छ।
विराटनगरस्थित व्यवसायीका अनुसार औद्योगिक ग्राहकलाई फोन गरेरै लोडसेडिङभित्र बस्न भनिएको छ। अहिले प्राधिकरणले जारी गरेको फर्जी बिल भुक्तानी नगरेकै कारण २४ उद्योगको लाइन कटौती गरिएको छ।
सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगको लाइन कटौती गर्दा पनि औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भइसकेको छ। प्राधिकरणले फर्जी बिल नगरेको भन्दै स्टिल उद्योग, सिमेन्ट उद्योग, धागो उद्योगको लाइन काटेको छ।
प्राधिकरण स्रोतका अनुसार अहिले लाइन काटिएका उद्योगले मात्रै १ सय ५० मेगावाट बिजुली खपत गरिरहेका थिए। त्यो बिजुली अन्य क्षेत्रमा पठाउँदासमेत लोडसेडिङ गर्नुपर्ने हुन्छ।
उद्योगीले प्राधिकरणसँग लोडसेडिङ सेड्युलसमेत माग्न थालेका छन्। प्राधिकरणको मौखिक आदेशमा बिजुली काटिएको छ।एकातिर प्रसारण लाइन समयमै बनाउन प्राधिकरण अक्षम बनेको छ। प्रसारण लाइन नबन्दा सिजनमा बत्ति खेर जान्छ। प्राधिकरण नेतृत्वले व्यवस्थापकीय जिम्मेवारी पूरा नगर्दा हरेक वर्ष लोडसेडिङ भइरहेको छ।
प्राधिकरण स्रोतका अनुसार अहिले लाइन काटिएका उद्योगले मात्रै १ सय ५० मेगावाट बिजुली खपत गरिरहेका थिए। त्यो बिजुली अन्य क्षेत्रमा पठाउँदासमेत लोडसेडिङ गर्नुपर्ने हुन्छ।
गत वर्ष पनि औद्योगिक क्षेत्रमा लोडसेडिङ थियो। अहिले पनि त्यही समस्या दोहोरिएको हो। प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले भारतबाट जत्ति बिजुली ल्याउन सकिने भए पनि पर्याप्त प्रणाली अभावले लोडसेडिङ गर्नुपरेको बताए। प्रणाली नबन्दासम्म लोडसेडिङ गर्नुको कुनै विकल्प नभएको उनको दाबी छ।
‘बिजुली जत्ति पनि ल्याउन सकिन्छ, तर बाटो छैन,’ भट्टराईले भने, ‘बाटो नभएका कारण देशभर लोडसेडिङ गर्नुपरेको हो।’ बाटो नबन्दासम्म समस्या ज्यूँका त्यूँ रहने उनको भनाइ छ।