एजेन्सी। माल्दिभ्सका एक मन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध सामाजिक सञ्जालमा गरेको अपमानजनक टिप्पणी उसलाई महँगो सावित भएको छ।
केही दिनअघि माल्दिभ्सकी एक मन्त्रीले भारतीय प्रधानमन्त्री मोदीका विषयमा अपमानजनक टिप्पणी गरेकी थिइन् जुन माल्दिभ्सका लागि महँगो सावित भएको हो।
यो टिप्पणीसँगै भारतीयहरूले माल्दिभ्समा यसअघि बुकिङ गरेका ८ हजारभन्दा बढी होटल बुकिङ रद्द गरेका छन्।
यसका साथै २ हजार ५ सय हवाई उडानका टिकट पनि रद्द भएको छ। माल्दिभ्सका सामाजिक सञ्जालमा समेत मानिसहरूले यसको चर्को विरोध गरिरहेका छन्।
घटना लम्बिएर यतिसम्म भयो कि माल्दिभ्स सरकारले आफ्ना तीन मन्त्रीलाई बर्खास्त गरेको छ।
विशेषगरी भारतीय प्रधानमन्त्री मोदीको लक्ष्यद्वीप भ्रमणपछि माल्दिभ्सको निकै चर्चा भइरहेको छ।
माल्दिभ्सको तुलनामा लक्ष्यद्वीप पर्यटनका लागि राम्रो भएको मानिसहरू भनिरहेका छन्। लक्ष्यद्वीपका सुन्दर तस्बिरहरू सामाजिक सञ्जालमा लगातार पोस्ट भइरहेका छन्।
यसैबीच प्रधानमन्त्री मोदीको टिप्पणी आएसँगै हजारौं भारतीयले माल्दिभ्स जाने योजना रद्द गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा लक्ष्यद्वीपको तस्बिर सेयर गरेका थिए।
त्यसपछि यी तस्बिरले माल्दिभ्स स्तब्ध भएको छ। माल्दिभ्सको युवा सशक्तिकरण, सूचना र कला उपमन्त्री मरियम शिउनाले प्रधानमन्त्री मोदीको लक्ष्यद्वीप भ्रमणको तस्बिर पोस्ट गरेपछि अपमानजनक टिप्पणी गरिन्।
मरियमले नरेन्द्र मोदीका लागि ‘जोकर’ र ‘इजरायलको कठपुतली’ जस्ता शब्दहरू प्रयोग गरेकी थिइन्। तर, पछि उनले यो ट्विट हटाएकी थिइन्।
अर्को पोस्टमा मरियमले माल्दिभ्समा भारतीय सेनाको उपस्थितिमा पनि प्रश्न उठाइन्। उनले मालदिभ्सलाई भारतीय सेनाको आवश्यकता नभएको लेखेकी छिन्।
यसपछि हजारौं मानिसले माल्दिभ्स जाने योजना रद्द गरेको धेरै सामाजिक सञ्जालमा दाबी भइरहेको छ। सामाजिक सञ्जालमा माल्दिभ्सविरुद्ध मानिसहरूले आक्रोस व्यक्त गरिरहेका छन्।
यस्तो अवस्थामा माल्दिभ्सलाई झट्का लाग्ने निश्चित जस्तै देखिएको छ। माल्दिभ्सको अर्थतन्त्र मुख्यतया पर्यटनमा निर्भर छ। सामाजिक सञ्जालमा यस्ता धेरै पोस्ट सेयर भइरहेका छन्।
जसमा मानिसहरूले आफ्नो माल्दिभ्स भ्रमण रद्द भएको जानकारी दिने स्क्रिनसटहरू सेयर गरिरहेका छन्। त्यसयता ८ हजार १ सय ६६ होटल बुकिङ र करिब २ हजार ५ सय उडान टिकट रद्द भइसकेको बताइएको छ। यद्यपि, यी तथ्यांकको आधिकारिक पुष्टि भने भएको छैन।
यो कुरा यति बढ्यो कि माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदले पनि आफ्ना मन्त्रीसँग झगडा गरेका थिए। माल्दिभ्सका मन्त्रीले गरेको टिप्पणीबारे पूर्वराष्ट्रपतिले नेताहरूलाई सुझाव दिएका छन्। उनले मरियम शिउनाले गरेको टिप्पणीको आलोचना गरेका छन्। उनले मरियम शिउनाले प्रयोग गरेको भाषा निकै कमजोर भएको बताए।
उनले भारत माल्दिभ्सको सुरक्षा र समृद्धिका लागि ठूलो सहयोगी भएको बताए। उनले मोहम्मद मुइज्जु सरकारले यी टिप्पणीहरूबाट टाढा रहनुपर्ने उल्लेख गरे।