गुल्मी। गुल्मीमा मकै र धान बिउको मूल्य निर्धारण गरिएको छ। जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको सदरमुकाम तम्घासमा बसेको बैठकले चालू आर्थिक वर्षका लागि खरिद र बिक्री बिउको मूल्य निर्धारण गरेको हो।
बिउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बिउ प्रतिकिलो खरिद १ सय पाँच र बिक्री १ सय २५ तोकेको छ।
त्यसैगरी अरुण–२ खरिद १ सय २० र बिक्री १ सय ४० निर्धारण गरिएको सञ्जालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए।
प्रमाणित बिउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकेजी ९५ र बिक्री १ सय कायम गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष जिल्लामा मकै बिउको उत्पादन घटेको छ। गत वर्ष पाँच सय २७ क्विन्टल बिउ उत्पादन भएकामा यस वर्ष तीन सय ७७ क्विन्टल मात्र बिउ उत्पादन भएको छ।
जिल्लामा यसवर्ष ४० लाख बराबरको मकैको बिउ उत्पादन भएको उनले बताए। यस वर्ष एक सय ५६ मेट्रिक टन मकैको बीउ उत्पादन हुने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम ३७ दशमलव सात मेट्रिक टन मात्र बिउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए।
प्रमाणित बिउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकेजी ९५ र बिक्री १ सय कायम गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष जिल्लामा मकै बिउको उत्पादन घटेको छ। गत वर्ष पाँच सय २७ क्विन्टल बिउ उत्पादन भएकामा यस वर्ष तीन सय ७७ क्विन्टल मात्र बिउ उत्पादन भएको छ।
जिल्लामा पाँच सय ६१ मेट्रिक टन कमैको बिउ आवश्यक पर्नेमा बिउ उत्पादन निकै चिन्ताजनक अवस्थामा रहेको उनको भनाइ थियो।
जिल्लामा उन्नत बिउ उत्पादन घट्नुमा किसानले उत्पादन बढाउन हाइब्रिड बिउ प्रयोग धेरै गर्नु र बाँदर र बँदेलजस्ता वन्यजन्तुले मकैबारीमा नोक्सान गर्नु मुख्य कारण रहेको स्थानीय बाँसखर्क कृषि सहकारीका अध्यक्ष टोपलाल पाण्डेले बताए।
त्यसैगरी बीउ उत्पादक सञ्जालले स्थानीय धान बिउको मूल्य पनि निर्धारण गरेको छ। निर्धारित मूल्यअनुसार स्थानीय हँसराज धान खरिद प्रतिकेजी १ सय र बिक्री १ सय १५ कायम गरिएको छ।
चैत–५ र खुमल–१० प्रतिकेजी खरिद रु ८० र बिक्री ९० र मकवानपुर–१ खरिद प्रतिकेजी ७० र बिक्री प्रतिकेजी ८० निर्धारण गरिएको छ। पछिल्लो समय जिल्लामा स्थानीय उन्नत जातको बिउभन्दा हाइब्रिड बिउ प्रयोग बढ्दो छ।
यहाँका किसानले मकै खेतीमा ७० प्रतिशत र धानमा ८० प्रतिशत हाइब्रिड बिउ प्रयोग गर्दै आएको केन्द्रका कृषिप्रसार अधिकृत शिवलाल बञ्जाडेले जानकारी दिए।–रासस