काठमाडौं। महेन्द्रनगरका सुरेन्द्र विष्टले अढाई वर्षअघि फोटोनको १६ सिटे भ्यान किने। उनले त्यो गाडी महेन्द्रनगरदेखि नेपालगञ्ज र बैतडीको रुटमा चलाउँथे।
गाडी चलाएको करिब २ महिनापछि गाडीको इन्जिनमा समस्या देखिन थाल्यो। फोटोनको पार्टस अरु ठाउँमा नपाउने भएकाले आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिलाई नै गुहारे।
कम्पनीबाट उनले पार्टसभन्दा पनि आश्वासन मात्र पाए। ‘एउटा सामान चाहियो भने एक महिनासम्म पर्खनुपथ्र्यो। महिनाकै ९० हजार किस्ता बुझाउनुपर्छ। एक दिन गाडी रोकियो भने समस्या पर्छ। एक महिनासम्म गाडी नचलाई बस्दा हाम्रो के हालत भयो होला?’ उनले भने। फोटोनका गाडी अरु कम्पनीभन्दा धेरै बिग्रने उनको दाबी छ।
‘कहिले इन्जिन बिग्रिन्छ, कहिले अरू समस्या देखिइरहन्छ। गाडी बिग्रेको देखेर प्यासेन्जर फोटोनको गाडीमा चढ्नै छाडे,’ विष्टले भने। यो गाडीबाट किस्ता पनि तिर्न नसकेपछि बैंकलाई जिम्मा दिएको उनले बताए।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिमार्फत फोटोनको पेट्रोल गाडी किनेका ८० व्यवसायीले अहिले हैरानी बेहोर्नुपरेको छ। नेपालमा विभिन्न क्षेत्रमा बिक्री भएका गाडीमा समस्या भएपछि गाडी थन्किनेदेखि बैंकले उठाउन थालिसकेको व्यवसायी नै बताउँछन्।
‘हामीले किस्ता नै तिर्न सकेनौं। त्यही भएर गाडी बैंकलाई बुझायौं। हामीले बुझाएको गाडी बैंकले कम्पनीलाई पठायो र कम्पनीले त्यही गाडीको पार्टस झिकेर अरु गाडी मर्मत गर्ने रहेछ,’ उनले भने।
विष्ट मात्र होइन, एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिमार्फत फोटोनको पेट्रोल गाडी किनेका ८० व्यवसायीले अहिले हैरानी बेहोर्नुपरेको छ। नेपालमा विभिन्न क्षेत्रमा बिक्री भएका गाडीमा समस्या भएपछि गाडी थन्किनेदेखि बैंकले उठाउन थालिसकेको व्यवसायी नै बताउँछन्।
व्यवसायीले गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, ग्लोबल आइएमई बैंक, एसबिआईलगायत बैंकबाट ऋण लिएर गाडी खरिद गरेका थिए । गाडी बिग्रेर थन्किएपछि किस्ता तिर्न नसक्दा बैंकले धमाधम गाडी उठाउन थालेको विष्टले जानकारी दिए ।
गाडीमा समस्या भएपछि सामान महिनौं नपाइने र पाए पनि अत्यधिक महँगो हुने अर्का यातायात व्यवसायी जनकबहादुर मडाईले बताए। ‘पहिलो त पार्टस पाउनै गाह्रो। पाए पनि निकै महँगो छ। अरु ब्रान्डको २ हजार ५ सय पर्ने सामान फोटोनको ७ हजार ५ सय पर्छ। अनि हामीले किस्ता कसरी तिर्ने?,’ उनले भने।
गाडीको गुणस्तर र क्षमताका आधारमा महँगो भएको र कम्पनीले ठूलो नाफा राखेर बिक्री गरेको आरोप व्यवसायीको छ। गाडीको गुणस्तर र क्षमताका आधारमा महँगो भएको र कम्पनीले ठूलो नाफा राखेर बिक्री गरेको आरोप व्यवसायीको छ।
गाडीबाट सधैं घाटा मात्र भएका कारण किस्तासमेत तिर्न नसकेर बैंकले लिलाम गरेको उनले बताए। एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले १९ सिटे गाडीको ७२ लाख र १६ सिटे गाडीको ६६ लाखमा बिक्री गरिरहेको छ।
गाडीको गुणस्तर र क्षमताका आधारमा महँगो भएको र कम्पनीले ठूलो नाफा राखेर बिक्री गरेको आरोप व्यवसायीको छ। पार्ट्स समस्या केही समयअघि रहे पनि अहिले नरहेको मोरङ अटो वर्क्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले बताए। ‘२/३ वर्षअघि केही समस्या थियो तर अहिले त्यस्तो केही छैन। हामीले समयमै पार्टस उपलब्ध गराउँछौं,’ उनले भने।
सवारीधनीले गाडी समयमा सर्भिसिङ नगर्दा गाडी बिग्रने समस्या आएको उनले बताए। ‘हाम्रा केही ग्राहकले समयमा सर्भिसिङ गनुभएन। समयमा सर्भिसिङ नगर्दा गाडी बिग्रिएपछि धेरै खर्च लाग्छ,’ उनले भने। २ वर्ष पहिलाको समस्या भए पनि अहिले गाडीमा कुनै समस्या नभएको उनले दाबी गरे।
गाडीमा समस्या भएपछि सामूहिक कुरा गर्न जाँदासमेत कम्पनीले बेवास्ता गरेर उल्टै धम्की दिएको व्यवसायीको आरोप छ।